यतिखेर नेपाली सञ्चार माध्यम र सामाजिक संजालमा चर्चामा रहेका एक पात्र हुन रवि लामिछाने उनी विगत चार वर्ष अगाडि पर्यट्क भिसा मा अमेरिकी पासपोर्ट मा नेपाल आएर आफुखुसी पत्रकारिता गर्दै आएका छन ।
यति खेर उनी नेपाली सञ्चार माध्यम मा उनको बारेमा थुप्रै खालका टीका टिप्पणी हरु पनि सुरु भएका छन ।वास्तवमा हेर्दा रवि ले पत्रकारिता को खोल भित्र साम्राज्यवादि हस्तक्षेप लाई बढाउदै लगिएको कुरा हरु पनि बाहिर आएका छन भने यो लोकतान्त्रिक राज्य व्यवस्थामा कसैले कसलाई समर्थन र विरोध गर्न पाउने दुबै अधिकार को व्यवस्था गरेको छ। त्यसैले सत्य को समर्थन र गलत कुराको विरोध गर्ने कुरा हरेक नागरिक को अधिकार को कुरा हो रवि जि को बारेमा जे जति कुरा पक्ष विपक्ष दुबै रुपमा आइरहेका छन यस बारेमा निम्नलिखित कुरा हरु चर्चा को विषय बनेका छन ।
रविले हाल सम्म गरेका थुप्रै महत्त्वपूर्ण र सकारात्मक कामहरु छन ती मध्य म केही विषय लाई निम्न लिखित रुपमा उठान गर्न आवश्यक ठान्दछु ।
१ उनी कानुनि हिसाबले विदेशी नागरिक हुदाहुदै पनि नेपाली र नेपाल को पक्षमा गरेका राम्रा काम हरुको सम्मान गर्नु पर्दछ ।
२ प्रवास मा अलपत्र परेका समस्यामा परेका भएका नेपाली को लागि उनको कार्यक्रम एउटा सहयोगि कार्यक्रम बनेको छ।
३ उनले नेपालमा भएका केहि विकृति भ्रष्टाचार दलाल हरुको बारेमा केही प्रतिसत चिरफार गर्ने कोशिस गरेका छन ।
४ उनको कार्यक्रम देश विदेश देखि सामान्य गाउँ घरमा परेका समस्या हरुको समाधान खोज्ने विकल्प बनेको छ ।
५ बिकास निमार्णका काममा भएका गलत कुराहरू अर्थात अनिमियता गुणस्तर का कुरा हरु लाई जोडदार उठान गदै अएका छन।
६ नेपाल भारत बिचमा हुने सिमा अतिक्रमण विरुद्ध आवाज उठाउदै आएका छन र नेपाल को राष्ट्रिय स्वाधीनता को बारेमा पनि चासो र चिन्ता देखाउदै आएका छन।
माथि उल्लेखित लागएत अरु थुप्रै विषय हरु रविले गरेका महत्त्वपूर्ण काम हरु हुदाहुदै पनि उनका बारेमा केही बिबादास्पद विषय हरु पनि उठेका छन जुन विषय निम्न लिखित छन ।
१ उनी कानुनी रुपमा आज सम्म विदेशि अर्थात अमेरिकी पासपोर्ट लिएर नै यात्रा गरिरहेका छन तसर्थ विदेशी नागरिकको नेपाल मा कानुनी हिसाबले के कति अधिकार कति हुने र प्राप्त गर्ने ?
२ उनले नेपालमा बस्ने अनुमती लिए पनि उनले गर्ने काम बारेमा नेपाल सरकार सङ कुनै अनुमती लिएको पाइदैन देखिदैन ?
३ उनले जनता सङ सिधा कुरा कार्यक्रम एउटा पत्रकारको हिसाबले सन्चालन गरे पनि नेपाल प्रेस काउन्सिल बाट प्रेस पास लिएका छैनन ?
४ उनि विदेशी नागरिक भए पछि उनले नेपाल को आन्तरिक मामिलामा बोल्ने टीका टिप्पणी गर्ने अधिकार कानुन त हुदैन ?
५ हाम्रो व्युरोकेसि न्यायपालिका कार्यपालिका खराब छन भन्दैमा विदेशी नागरिक लाई तिहामाथी प्रश्न चिन्न राख्ने अधिकार नेपाल को कानुन ले दिएको छैन ?
६ उनले सार्वजनिक कार्यक्रम मै प्रहरी र अदालतले गर्ने फैसला जस्तै हत्यारा दलाल आतंककारी भन्ने शब्द हरु प्रयोग गर्दै घोषणा गर्ने गरेका छन उनलाई यसो भन्ने कानुनी अधिकार छैन ?
७ उनले परिवर्तनकारी शक्तिलाइ आतंककारी र भारत बाट संचालित छन भन्छन नेपालको आन्तरिक मामिलामा ओर्क प्रमिट भिसामा बसेको बिदेशी नागरिकले सार्वजनिक धारणा राख्न पाउने कानुनी व्यवस्था छैन यसअर्थ उनी पनि अमेरिकी जासुसी सस्थाका नेपाली एजेन्ड हुन सक्छन् ?
८ उनले दिएको पछिल्लो अभिव्यक्ति लाई आधार मान्दा मैले अमेरिकी पासपोर्ट फिर्ता गरे भनेका छन तर नेपाली नागरिक्ता लिएको या प्रक्रियामा रहेको बारे खुलाएका छैनन तसर्थ कानुन न त उनी कसरी नेपाली भए ?
९ गणतन्त्रले दिएको अधिकार प्रयोग गर्ने तर गणतन्त्र को निम्ति लडनेहरु लाई हत्यारा आतंककारी भनेर फैसला गर्ने अधिकार उनिलाइ कस्ले दियो ?
१० उनका सम्पुर्ण कुरा गतिविधि हेर्दा उनी राज्यसत्ता लाई पनि अस्विकार गर्ने क्रान्तिकारी शक्ति लाइ पनि अस्विकार गर्ने हुदा उनी कतै न कतै बाट संचालित भएर नेपालको कमजोर राज्य वयवस्था को फाइदा त उठाइ रहेका छैनन ?
११ उनले सन्चालन गरेको कार्यक्रम मार्फत नै दिल निशानी मगर लाई जनयुद्ध लडेको कारण हत्यारा भनेका छन द्वन्द्वकालिन विषयमा विस्तृत शान्ति सम्झौता ले सबै कुरा स्पष्ट पारेको छ तसर्थ यो बारेमा उनलाई फैसला गर्ने कुनै अधिकार रहदैन ?
१२ गणतान्त्रिक मुलुकमा बसेर आजको २१ औ शताब्दीमा पनि उनले आफ्नु कार्यक्रम मा भुत प्रेत लाई बिश्वास गर्नु हुन्न भने यता हेर्नुस् भिडियो मै दृश्य कैद छ भन्दै भुत आतंक मच्चाउने काम गरेका छन ?
तसर्थ माथी उल्लेखित बुदा हरु लाई हेर्दा रविले नेपाल को कानुनी राज्यको उपहास गरेका छन यश बारे रवि लामिछाने ले आधिकारिक रुपमा स्पष्ट बनाउन जरुरत देखिन्छ ।
कुनै पनि मुलुक मा बसोबास गरिसके पछि सामन्यत तिहाको देशको नीति नियम अनुसार नै अगाडी बढनु पर्ने हुन्छ । पत्रकारिता राज्यको चौथो अङ्ग हो विदेशी नागरिक ले आफुखुसी मन लागि गर्ने र नेपाली राष्ट्रियता माथी खुलम खुल्ला धावा बोल्ने काम भएको छ ।तसर्थ सार्वजनिक रुपमा आएका विषय हरु प्रती सबैको ध्यान केन्द्रित गर्दै संबंधित सबै पक्ष ले आफ्नु आफ्नु ठाउँ बाट जिम्मेवार ढङ्गले सोच्न आवश्यक छ र तत्काल यस्को उचित अर्थात् बैज्ञानिक समाधान गर्नु जरुरत छ । रवि उनको आफ्नु देश अमेरिका फर्किदैमा नेपाली आकास खस्दैन नेपाली धर्ती पनि हल्लिदैन तेसैले रवि को बारेमा अनावश्यक चर्चा परिचर्चा गर्नु पर्ने जरुरत र आवश्यकता देखिदैन ।
- यो लेखकको निजी विचार हो । -सम्पादक
