प्रचण्डले नै गरे बजेटकाे बिराेध, अाेलीलार्इ अनुशासनमा बस्न रावलकाे सुझावः सत्तारूढकै सांसदद्वारा चर्काे अालाेचना

प्रचण्डले नै गरे बजेटकाे बिराेध, अाेलीलार्इ अनुशासनमा बस्न रावलकाे सुझावः सत्तारूढकै सांसदद्वारा चर्काे अालाेचना

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

३ असार, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनष्ट पार्टी (नेकपा)मा बजेट र मन्त्रीहरुको कार्यशैलीप्रति आक्रोश चुलिँदै गएको छ । बजेटले घोषणापत्र र लोकप्रिय कार्यक्रम बिर्सिएको तथा मन्त्रीहरुले मन्त्रालयगत बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्र र त्यसमाथि आफ्नो टोलमा केन्द्रित भएको आरोप सांसदहरुले लगाएका छन् ।

यसैक्रममा अध्यक्ष प्रचण्डले समेत बजेटकाे  बिराेध गरे । प्रचण्डले, बजेटबारे टिप्पडी गर्दै भनेका छन्, ‘चिसो पानी खन्याए जस्तो भयो’ ।

यसअघि बजेटको बचाउ गर्न निर्देशन दिएका (नेकपा) का अध्यक्ष प्रचण्डले अाइतवार अाफै बजेटकाे बिराेध गरे । संसदीय दलको बैठकमा केपी शर्मा ओलीसँगै बजेटको बचाउ गर्न निर्देशन दिएका प्रचण्डले लगत्तै बसेको स्थायी कमिटीमा विरोध गरे ।

मन्त्रालयगत बजेट विनियोजनप्रति सांसदहरुले विरोध गरिरहेका बेला शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्डले समेत बजेटप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

बजेटले पार्टी एकताले पैदा गरेको उत्साह र नीति तथा कार्यक्रमसम्म आइपुग्दा रहेको सकारात्मकताको प्रतिनिधित्व गर्न नै नसकेको टिप्पणी गरे ।‘पोलिटिक्स इन कमाण्ड’ नहुँदा कसरी बिगि्रदोरहेछ भन्ने प्रमाण बजेट भएको उनकाे तर्क थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री ओलीसँगै पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेकाे तर  तीन जनाबीच छलफल भएको तर त्यसअनुसार बजेट नआएको उनले बताए । सम्भव भएसम्म बजेटलाई सही दिशामा लैजान छलफल गर्नुपर्ने प्रचण्डकाे भनाइ छ ।

सत्तारुढ सांसदहरुले विपक्षीको भन्दा चर्को स्वरमा मन्त्रालयगत बजेट विनियोजनको आलोचना गरेका छन् । उनीहरुलाई सम्झाउन नेकपाले शनिबार संसदीय दलको बैठक डाकेको थियो । तर, सांसदहरु झन् चर्को स्वरमा प्रस्तुत हुन थालेपछि समय अभाव भन्दै शीर्ष नेताहरु बैठक नै स्थगित गरेर हिँडेका छन् ।

स्थायी कमिटी बैठकमा पनि मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टि प्रकट भएको छ । संसदीय दललगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि सरकारको काम कारवाहीबारे प्रश्न उठेपछि थप प्रभावकारी बनाउने निर्णय गरेर बैठक टुंगिएकाे जनाइएकाे छ ।

प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलकाे बैठकमा संसदमा बजेटको विरोध नगर्न निर्देशन दिदै दुई चारजनाले आक्रोश व्यक्त गर्दैमा केही नहुने भउकाले अनुशासन र नियममा बस्न पनि निर्देशन दिए ।

तर, नेता भीम रावलले आपत्ति जनाउदै प्रधानमन्त्री पहिले अनुशासनमा बस्नुपर्ने बताए  ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ