प्रदेश २ ले दिएको सार्वजनिक विदा सरकारी कार्यालयले नै मानेनन्, सरकारी निर्णयको अवमूल्यन भयाे- मन्त्री साह

प्रदेश २ ले दिएको सार्वजनिक विदा सरकारी कार्यालयले नै मानेनन्, सरकारी निर्णयको अवमूल्यन भयाे- मन्त्री साह

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

३ असार, सप्तरी ।  २ नं. प्रदेश सरकारले मुस्लिम धर्माबलम्बीको मुख्य पर्व इदको अवसरमा सार्वजनिक विदा दिए पनि सरकारी कार्यालयले नै अवज्ञा गरेका छन् । इदको अवसर पारेर आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिए पनि कतिपय सरकारी कार्यालय नै सञ्चालनमा अाए ।

सप्तरी सदरमुकाम राजविराजमा रहेकेा उच्च अदालत जनकपुरको राजविराज इजलास, सप्तरी जिल्ला अदालत, सरकारी वकिलको कार्यालयका साथै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड आइतबार खुला रहृयो । यसबाहेक निजी क्षेत्रका बैंकहरु समेत सञ्चालन भएको छ ।

प्रदेश सरकारले गरेको निर्णयबारे माथिल्लो निकायले कुनै जानकारी नगराउँदा कार्यालय सञ्चालन गरेको कर्मचारीहरुले बताएका छन् ।यद्यपि जिल्ला प्रशासन कार्यालयलगायतका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरु भने बन्द रह्यो ।

मुस्लिम धर्माबलम्बीको ठूलो पर्व इदका लागि भन्दै प्रदेश सरकारले आइतबार विदा दिने निर्णय गरेको थियो । विदा दिने निर्णय गरे पनि सरकारी कार्यालयहरु नै खुल्नु सरकारी निर्णयको अवमूल्यन भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।

केन्द्र सरकारले इद पर्वको विदा कटौती गरेको छ । तर त्यसको विरोध भइरहेका बेला प्रदेश २ सरकारले भने विदा दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ