बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाकाे घम्साघम्सि, संग्राैलालर्इ ‘ब्रो’ भनेपछि यस्ताे दिए जवाफ 

बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाकाे घम्साघम्सि, संग्राैलालर्इ ‘ब्रो’ भनेपछि यस्ताे दिए जवाफ 

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

कठमाडाैं, ३ असार । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच सामाजिक सञ्जालमा नै घम्साघम्सी परेको छ ।

सामाजिक संजाल ट्वीटरमा खगेन्द्रले बाबुरामलाई झटारो हान्दै बाबुरामले सपनामा पत्रकारलाई पूर्वविशिष्टले लिने सुविधा म लिन्न भनेको तर विपनामा प्रधानमन्त्री हुँदा आफैले प्रस्ताव गरेको सुविधान नलिन नैतिकताले दिँदैन भन्ने जवाफ दिएको भन्दै व्यंग्य गरेका थिए ।

त्यसको जवाफमा बाबुरामले खगेन्द्रलाइ ‘जेष्ठ ब्रो’ बाबुरामले यस्ताे जवाफ दिए, ‘फुटपाथमा सुतिरहेको एउटा तन्नमलाई यस्तो व्यग्यवाण किन ? योत जो होचो उसको मुखमा घोचो भएन र ? मेरो प्स्ताव त आफ्नै आवास नहुनेलाई राज्यले सहुलियत भाडामा आवास उपलब्ध गराउनुपर्छ भन्ने हो । सुरक्षाकर्मीलाई मैले पहिल्यै फिर्ता गरिसकेको छु, राज्यबाट अरु कुनै सुविधा लिएको छैन ।’

खगेन्द्रकै थेगो प्रयाेग गरेर बाबुरामले त्यस्ताे जवाफ दिएपछि पुन खगेन्द्रले  यस्ताे लेखे, ‘सेठ र ठगहरुको एकाधिकार रहेको राजनीतिमा आवास नहुने तन्नमलाई पूर्वविशिष्ट भन्ने शौभाग्य नै कहाँ जुर्छ र डा. साब ? मेलै त एकजना बाबुरामले म यो सुविधा लिन्न भनिदिए अरु अरु खानका कालहरुलाई लाज लाग्थ्यो कि भनेर कुरिकुरी गर्या हु डा. साब । जसमाथि थोरै आश छ उसलाई नै यसो भनिन्छ ।’ त्यसपछि भने बाबुरामले कुनै जवाफ दिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ