एन आर एन धनिहरुको गफ गर्ने अड्डा हो-सिलवाल

एन आर एन धनिहरुको गफ गर्ने अड्डा हो-सिलवाल

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

के का लागि जानुहुन्छ एन आर एन भेला क्यालिफोर्नियामा? जिवा लामिछाने, कुमार पन्त जस्ता साहु प्रबासिहरुको अनुहार हेर्न​? फेसबुकमा सेल्फि ठोक्न​? वा उनिहरुसङ्ग भलाकुसारि गर्दा उनिहरु जस्तै साहु भैएला कि भन्ने आत्मरति महशुस गर्न वा श्रमले थकित ज्यान तह लगाउन भ्याकेशन​? यि सबै ब्यर्थ हुन समय बर्बाद र बिल तिरनतारन, घर परिवार, बच्चा, आफन्तको गाँस काटेर किन जानुहुन्छ​?

क्रेडीट कार्डबाट सापटि लिएर कम्तिमा ५०० डलर आतेजाते हवाइजहाज खर्च​, एयरपोर्ट खर्च​, ट्याक्सि र बिबिध गर्दा अर्को २०० डलर​, होटल खर्च कम्तिमा ४०० डलर​, त्याहाको रजिस्ट्रेसन​, खानपानमा अर्को ५०० डलर र घुमघाम र बिबिधमा अर्को ३०० डलर र रहलपहल १०० डलर गर्दा झन्डै झन्डै २ हजार डलरको हाराहारिमा खर्च हुने रहेछ एक जनाको मात्र हार्ड ड्राइभ वाला फ्रड निर्वाचन र यसको बाइप्रडक्टको अनुहार हेर्दा मात्रै।

त्यहा जादा आउदा यता हुने कमाइ र श्रमको तनाखाको क्षति मैले हिसाब गरेको छैन माथि।
आतेजाते झन्डै ४ दिन ड्रिस्ट्रब हुने भयो भन्दा झन्डै झन्डै हप्ता दिनकै तनाखा ज्याला तलब बर्बाद हुने रहेछ भनेपछि वर्किङ्ग क्लासका श्रमजिविहरुको एक हप्ताको तलब बर्बाद हुनु भनेको झन्डै सालाखाला २ महिना जतिको आर्थिक ब्यबस्थापनमा गडबड आउनु हो। यसको मतलब घटीमा ५०० डलर कमाइमा अर्को चुना लाग्ने भ​एपछि एक छिन हिसाब गर्नुहोस कि एक जना काम गर्ने श्रमजिबिले झन्डै २५ सय डलर बर्बाद बनाएर एन आर एनको काम न काजको धनि क्लब र यसको मैमत्ता जोरजुलुम भेलामा भेला भ​एर तपाइले के प्राप्ति गर्नु हुन्छ​?

एन आर एन धनिहरुको गफ गर्ने अड्डा हो जहा गरिब र वर्किङ्ग क्लासका श्रमजिविहरुको प्रतिनिधित्व महन्ङो मात्रै नभएर एफोर्डेबल नै छैन​। तपाइ त्यँहा जादा लामिछाने, पन्त​, जोशिहरु झै आम्दानि फल्दैन तपाइका।
अमेरिकामा तपाइको आफ्नो उमेरलाइ सम्ब्रिदिसङ्ग मापन गर्न नभुल्नुहोला। खर्चिलो अमेरिकन जिवनशैलिमा समय र कम​एकाे बर्बाद बनाएर तपाइ हिडडुल गर्न थाल्नु भयो भने तपाइको सम्ब्रिदि र समुन्नति भनेको डाडा पारिको घाम जस्तै भन्दा भयो। बरु बर्षमा ५ सय डलर नै किन नहोस नेपालका दुर्गम जिल्लाका कुपोषित बालब्नच्चाहरुलाइ लुगाफाटा खानेकुरा र स्कुलको खर्च पठाइदिनुहोस भरपर्दो ब्याक्ति र सम्बन्धित बर्गले नै लाभ प्राप्त गर्ने गरि बरु यसैमा कल्याण, सेवा र धर्म मिल्दछ न कि २५०० डलर झ्वाम बनाउन क्यालिफोर्निया दौडिएर​।

नेपालमा सेवा गर्न मन लागे आफै जाने वा आफ्नो भरपर्दो बिश्वासिलो मानिस वा समुदायका हातमा राखिदिनुहोला तर यहाका सस्था वा सामाजिक अभियन्ताको हातमा चाहि नथमाउनु होला तपाइको सहयोग रकम फेदै देखि झ्वाम पारि श्रीमति वा गर्लफेर्ण्डलाइ औठि बनाउलान​ तपाइले दुखिलाइ सहयोग गरेको डलरले फेरि।

(सानुबाबु सिलवालकाे फेसबुकबाट)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी