१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले इच्छा भए संसद् छाडेर जान कांग्रेसलाई सुझाव दिएका छन् ।
कांग्रेस नेता एवं प्रतिनिधिसभाका सदस्य डा. मीनेन्द्र रिजालले कम्युनिस्टले पेले संसद्बाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट भट्टराईले भने, एकपटक सत्ता बाहिर पुग्दा कांग्रेस छटपटाएको छ । संसद छाड्ने घुर्की दिइँदैछ । घुर्की देखाउनु पर्दैन, संसद छाड्न मन लागे छाडे हुन्छ, केही फरक पर्दैन, ढोका खुला छ ।
प्रेस सेन्टर नेपालको अन्तिम केन्द्रीय कमिटी बैठकलाई शुक्रबार नेकपा कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै उनले विगतमा कांग्रेसले कम्युनिस्टहरुले हेप्ने, पेल्ने र खिसिटिउरी गरेको आरोप समेत लगाए ।
बिहीबार संसद् बैठकमा कांग्रेस नेता रिजालले कम्युनिस्ट सरकारले प्रतिपक्षलाई हेप्ने, पेल्ने र अपमानित गर्ने गरेको भन्दै संसद छाड्ने चेतावनी दिएका थिए ।