स्थायी कमिटीबाट ७ प्रदेश कमिटीका अध्यक्ष बनाउने (नेकपा)काे तयारी, को-को छन् नेतृत्वका दाबेदार ?

स्थायी कमिटीबाट ७ प्रदेश कमिटीका अध्यक्ष बनाउने (नेकपा)काे तयारी, को-को छन् नेतृत्वका दाबेदार ?

  • बिहिबार, जेष्ठ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

३१ जेठ, काठमाडौं । केपी प्रचण्ड नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी सदस्यमध्येबाट ७ वटा प्रदेश कमिटीका अध्यक्ष बनाउने भएको छ । प्रदेश महाधिवेशन नभएसम्मका लागि संगठन कमिटीका रुपमा स्थायी कमिटी सदस्यले नै प्रदेशको नेतृत्व गर्ने समझदारी भएको स्रोतले जनाएको छ ।

सात प्रदेशको नेतृत्व पूर्व एमालेले ४ र पूर्व माओवादीबाट ३ जनाले पाउने सम्भावना छ ।मुख्यमन्त्री र मन्त्री बाहेक अन्य सबै नेता दाबेदार रहेपनि नेताहरुले व्यक्ति हेरेर जिम्मेवारी दिइने बताएका छन् ।अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । स्थायी कमिटीले प्रदेश कमिटी गठनको मोडालिटी बनाउने भएको छ । त्यसअघि सबै प्रदेशका कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम सिफारिस गर्ने बताइएको छ ।

प्रदेश १ को नेतृत्वको दाबेदारका रुपमा योगेश भट्टराई र भीम आचार्य देखिएका छन् । सुवास नेम्वाङ संसदीय दलको उपनेता रहेकाले दाबी छैन् । स्थायी कमिटीमा प्रदेश १ बाट तत्कालीन माओवादीको कोही पनि नेता परेका छैनन् ।

प्रदेश २ बाट स्थायी कमिटी सदस्यमा मात्रिका यादव, रघुवीर महासेठ र सत्यनारायण मण्डल भएपनि यादव र महासेठ मन्त्री भएका कारण मण्डल प्रदेश कमिटीको नेतृत्वका दाबेदार छन् । तर, उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाइएकाले प्रदेश २ को नेतृत्व चयन पेचिलो बन्न सक्ने नेताहरु बताउछन् ।

प्रदेश ३ बाट सबैभन्दा धेरै नेताहरु नेतृत्वको दाबेदारका रुपमा छन् । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, अग्नि सापकोटा, हरिबोल गजुरेल, रघुजी पन्त र पम्फा भुसाल लगायतका नेता यहि प्रदेशबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्छन् । प्रदेश ३ को नेतृत्वमा शाक्यलाईनै जिम्मा दिने सम्भावना छ ।

प्रदेश ४ बाट किरण गुरुङ र देवेन्द्र पौडेलमध्ये एकजनाले नेतृत्वको जिम्मेवारी पाउने सम्भावना छ । देव गुरुङ प्रमुख सचेतक र पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकाले यी दुई नेता मुख्य दाबेदार हुन् ।

प्रदेश ५ मा नेकपाका सबैभन्दा धेरै स्थायी कमिटी सदस्य छन् । तर बिष्णु पौडेल महासचिव र शंकर पोखरेल मुख्यमन्त्री तथा वर्षमान पुन संघीय सरकारको मन्त्रीको जिम्मेवारीमा छन् । त्यस्तै प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि संघीय सरकारमा मन्त्री छन् ।

त्यो अवस्थामा घनश्याम भुसाल र छविलाल विश्वकर्मामध्ये एकजनाले प्रदेश कमिटीको नेतृत्व पाउन सक्ने बताइन्छ ।

प्रदेश ६ को नेतृत्व जनार्दन शर्माले गर्ने सम्भावना छ । यद्यपि तत्कालीन माओवादीका केही नेताहरु जनार्दनलाई रोक्न युवराज ज्ञवालीको पक्षमा उभिने सम्भावना रहेकाे चर्चा चलेकाे छ। प्रदेश ६ बाट स्थायी कमिटी सदस्य शक्ति बस्नेत संघीय सरकारको मन्त्री छन् ।

तर, यसअघि तत्कालीन एमालेको प्रदेश ६ का संयोजक रहेका युवराज ज्ञवालीलार्इ भारत प्रवासको इन्चार्ज बनाउने बारे छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ ।

प्रदेश ७ बाट भने भीम रावल र लेखराज भट्टमध्ये एकजना प्रदेश नेतृत्व गर्नेछन् । रावलले केन्द्रीय सचिवालयमै दाबी गरेका छन् । प्रदेश कमिटीमा अध्यक्ष र सचिव बाहेक अरु पदाधिकारी नहुने भनिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ