तत्कालिन माओवादीका ९ हजार नेता-कार्यकर्तामाथि अदालतमा मुद्दा, कुनै पनि बेला सक्रिय हुनसक्ने

तत्कालिन माओवादीका ९ हजार नेता-कार्यकर्तामाथि अदालतमा मुद्दा, कुनै पनि बेला सक्रिय हुनसक्ने

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

३० जेठ, काठमाडौं । वर्तमान सभामुख कृष्णबहादुर महरा सहित तत्कालिन माओवादीका ९ हजार नेता कार्यकर्तामाथि बिभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको तत्थ्य बाहिर अाएकाे छ । साे तथ्य अाएसँगै (नेकपा) का प्रमुख सचेतक देव गुरुङले तत्काल कानुन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरमा ल्याउनुपर्ने बताउनु भयाे ।

उहाँले यी मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्ने पनि बताउनु भयाे । बुधवारकाे प्रतिनिधिसभामा कानुन मन्त्रालय अन्तर्गतको बजेट विनियोजनमा छलफलमा भाग लिदै प्रमुख सचेतक गुरुङले अदालतमा ८ सय भन्दा बढी मुद्दा जनयुद्धकालका रहेको बताउनु भयाे ।

शान्ति प्रक्रियामा आउनुअघिका ती मुद्दा कुनै पनि बेला सक्रिय हुनसक्ने भन्दै गुरूङले भन्नुभयाे, युद्धमा लागेका करिब ९ हजार भन्दा बढी नेता कार्यकर्तामाथि मुद्दा छ । सभामुखलगायत ९ हजारभन्दा बढी नेतामाथिको मुद्दा कुनै पनि बेला क्रियाशील हुनसक्छ । यी मुद्दा कसरी किनारा लगाउने हो, सत्य निरुप्ण अयोगको क्षेत्राधिकार विस्तार गरौं, कानुन संशोधन गरौं ।’

त्यस्तै १२ सय भन्दा बढी मुद्दा प्रहरीमा दर्ता भएर बसेको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोगलाई अदालतमा विचाराधीन युद्धकालीन मुद्दा हेर्ने अधिकार नभएकाले आयोग औचित्यहीन बनेको बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ