३० जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई घर र्फकन आहृवान गर्नुभएकाे छ ।
पार्टी स्थापना दिवसको अवसर पारेर अाज आयोजित कार्यक्रममा संयोजक भट्टरार्इले कम्युनिस्ट र कांग्रेसले प्रतिगामी सोच लिएको दाबी गर्दै पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई र्फकन आहृवान गर्नुभएकाे हाे ।
अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टीलाई अघि बढाउने दाबी उहाँले दाबी गर्नुभयाे ।आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको जनाउदै उहाँले अरु सबै पार्टी यथास्थितिवादी भएको बताउनु भयाे ।
यसैबीच, नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा आज पदयात्रा गरिएको छ ।नयाँ बानेश्वरबाट शुरु भएको पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर सकिएको थियो । पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गर्नुभएकाे थियाे ।
पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो । जाति, समुदायका सांस्कृतिक वेशभूषा र बाजागाजासहित सहभागीले रमाइलो गरेका थिए ।
पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए । विसं २०७२ जेष्ठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा पार्टी स्थापना भएको थियो । स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा युवा भेला हुने छ ।