प्रचण्डले भने, विगतमा गरेकाे पाप गरेका एमालेसँगकाे पार्टी एकतापछि मोक्ष हुन्छ, तपार्इहरूपनि अाउनुस्

प्रचण्डले भने, विगतमा गरेकाे पाप गरेका एमालेसँगकाे पार्टी एकतापछि मोक्ष हुन्छ, तपार्इहरूपनि अाउनुस्

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

३० जेठ, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् उद्देश्यका साथ पार्टी एकीकरण गरिएको भन्दै एकताको महासागरमा पौडिएर विगतका गल्तीको पाप पखाल्ने सुनौलो अवसर भएको बताएका छन् ।

चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई आज प्रशिक्षण दिँदै अध्यक्ष दाहालले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताए ।

उनले, “महासागरमा नुहाएर आएपछि पाप पखालिन्छ भने जस्तै विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ ।” पार्टी एकीकरण हिजोको मैलो धैलो पखाल्ने अवसर समेत हाे ।

अध्यक्ष दाहालले पार्टी एकीकरणलाई अवसरको रुपमा लिदै गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘हिजो दुवै पृष्ठभुमिको पार्टीमा समस्या थियो, त्यतिबेलाका नराम्रो कुरासंगै गुट पनि लिएर आएका छौं, अन्तरघात गर्ने काम पनि गर्न छाडेका छैनौं, व्यक्तिगत स्वार्थका लागि मरि मेट्ने चिन्तन पनि हामीसंग छ, यसले न पार्टीको भलो गर्छ न देश र जनताको ।’

विश्वमा रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन नेपालमा आक्रमक भएको भन्दै शासन सत्ता हातमा लिएर विश्वको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा तर्फ लैजाने उनको उद्घोष थियो । दुई ठूला देशको बीचमा रहेको नेपाल संभावनाले पनि केन्द्रविन्दु रहेको प्रचण्डको भनाई छ ।

यस्तै आज विहान भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताए ।

स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ