नेकपा निकट नेपाली जन प्रगतिशील मोर्चा कतारद्धारा अलपत्र नेपालीलाई खाध्यान्ह वितरण

नेकपा निकट नेपाली जन प्रगतिशील मोर्चा कतारद्धारा अलपत्र नेपालीलाई खाध्यान्ह वितरण

  • मङ्लबार, जेष्ठ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

बबिता हमाल /कतार ।
नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी नेपाली सगठन कतार मोर्चाले बैदेशिक रोजगारीको लागि कतार पुगेर अलपत्र परेका नेपालीलाइ खाद्यान्न उपलब्ध गराएको छ ।
कतारको च्याम फ्यासिलोटि म्यानेजमेन्ट सर्भिस कम्पनीमा काम गर्न गएका नेपालीहरु अलपत्र परेपछि कतारमा हुने दमन शोषण अत्याचार मानब तस्करका बिरुद लाम्बे अभियान चालेको नेपाली जन प्रगतिशील मोर्चा कतारले उनीहरुलाई खाध्यान्ह उपलब्ध गराएको हो ।
काठमाडौं स्थित महाराजगन्ज मा रहेको माउन्टेन इम्प्लाइमेन्ट एण्ड ट्रेडिङ म्यानपावरबाट तिन महिना अगाडि बैदेशिक रोजगारीको लागि १ लाख तिरेर उक्त कम्पनीमा आएका मजदुरहरुले नभने जस्तो काम र तलब नपाएपछि अरुसँग सहयोग मागेर आफ्नो पेट पालिरहेका छन् ।
आफुहरुलाई नेपाल फर्काईदिन आग्रह गर्दा पनि कतैबाट सुनुवाई नभएको उनीहरुको गुनासो छ । आफुहरुलाई भनेजस्तो काम र तलब दुबै नदिएपछि भोकभोकै बस्न बाध्य भएको बताएका छन् ।
यसअघि च्याम कम्पनीमा अलपत्र परेका मजदुरलाइ कतार मोर्चाको पहलमा केहिलाइ नेपाल पठाउन सफल भए पनि केही मजदुरहरुको कानुनि प्रक्रिया पूरा नभएकाले उहाहरुलाइ कतार बस्दा सम्म का लागि मोर्चाले एक महिना देखि खाद्यान्न उपलब्ध गराउदै आएको छ ।
कतारको सहानिया स्थिथ रहेको च्याम कम्पनिमा केही महिना देखि अलपत्र र भोक भोकै बसेका पिडित मजदुरलाइ नेकपा निकट सगठन नेपाली जन प्रगतिशील मोर्चा कतारका केन्द्रीय कोषाध्यक्ष गणेश बिक मोर्चा केन्द्रीय सदस्य रामहरि अर्याल र सहानिया एकाई कमिटिका पदाधिकारी कमल घिमिरे देबराज नेपालीको विशेष उपस्थितमा पिडित मजदुरहरुलाइ दोस्रोपटक सोमबार खाद्यान्न उपलब्ध गराइ पिडित मजुरहरुलाइ हस्तान्तरण गरेको जनाईएको छ ।
नेपाली जन प्रगतिशील मोर्चा कतार र नेकपा महासचिव बिप्लबलाइ पिडित मजदुरहरुले प्रबासबाट बन्दि जीवन कष्टकर बाचि राखेको जिबनलाइ बचाउन मद्दत गरेका भन्दै धन्यवाद दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी