प्रधानन्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारी सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारी सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

  • मङ्लबार, जेष्ठ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, जेठ २९ । संवैधानिक परिषद्को बैठक अाज बस्दै छ । प्रधानन्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारी सिफारिसका लागि बैठक बस्न लागेकेा हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश लगायत अन्य संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिस गर्नेबारे छलफल हुने बताइएको छ ।

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अघि नबढाएको भन्दै आलोचना हुँदै आएको छ । प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख न्यायपरिषद्ले संवैधानिक परिषद्मा पठाइसकेको छ ।

आज बस्ने बैठकले तीनै न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ ।संवैधानिक परिषद् बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाईका लागि संसद्मा पठाउने छ । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ