२६ जेठ, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको बताउनु भएकाे छ । उहाँले पार्टीलाई पुरानै अवस्थामा फर्काइछाड्ने दाबी पनि गर्नुभयाे ।
शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै अाेली सरकारको आलोचना गर्दै भन्नुभयाे, ‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ’ ।
पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले सरकारले अाफुले भनेको सबै कुरामा बजेट पनि घटाएको बताउनु भयाे ।
आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य बढाउदा समेत मुखदर्शक बनेको उहाँको आरोप छ । कार्यक्रममा हल्ला भएपछि एकछिन मेरो कुरा सुन्नुहोस् भन्दै उहाँले भन्नुभयाे ‘मेरो मात्रै विरोध गर्ने, ओलीको गरेको कामको विरोध नगर्ने ?’
कार्यक्रममा कार्यकर्ताहरुले भने जिल्लामै कांग्रेस गुटमा विभाजित हुँदा चुनाव हार्न परेको भन्दै आक्रोस पोखेका थिए । कार्यकर्ताको गुनासो सुनेपछि देउवाले भने, ‘सबै मिलेपछि कांगे्रसलाई फेरि पुरानै ठाँउमा ल्याई छाड्नेछु ।’