नेकपाद्वारा साउदीमा अलपत्र परेका नेपाली युवाहरुको उद्दार

नेकपाद्वारा साउदीमा अलपत्र परेका नेपाली युवाहरुको उद्दार

  • शनिबार, जेष्ठ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

२६ जेठ,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा पुगेर अलपत्र परेको नेपाली युवाहरुको उद्दार गरेको छ ।
साउदीस्थित नेकपाको प्रवास संगठन जनप्रगतिशील मोर्चाको पहलमा लामाे समयदेखि अलपत्र परेका बिमल पाण्डे, सन्जय भण्डारी, जसबहादुर राना, खेम बहादुर थापा,मगराज केसी, देवराज राउत, छबिलाल बिकको उद्दार गरिएको हो ।

मोर्चाका अध्यक्ष भानु प्रदेशीसहित अन्य पदाधिकारी तथा सदस्यहरुले उनीहरुको उद्दारको लागि रात दिन खटिएका थिए ।

उद्दारपछि युवाहरुले आफूहरुलाई दलालहरुले फसाउँदा दुःख पाएको बताएका थिए । लामो समयदेखि गुहार गरेपनि कसैले पनि आफ्ना कुरा नसुनेको तर मोर्चाले उद्दार गरेको खेमबहादुर थापाले बताए ।

विप्लव नेतृत्वको नेकपाले अन्यायमा परेकाहरुलाई सहयोग गर्दै आएको आफूहरुले सुनेको तर अहिले आफूले नै न्याय पाएको महशुस गरेको उद्दारपछि उनीहरुले बताए । उद्दार भएपछि ठूलो बाच्ने आशा पलाएको बताउँदै छविलाल विकले विप्लवलाई धन्यवाद समेत दिए । उनले आफूहरुजस्तै धेरै नेपाली युवा–युवती विदेशी भूमिमा अलपत्र परेको बताउँदै सबैको उद्दार गर्न मोर्चालाई आग्रह समेत गरे ।

उद्दार गरिएको सबै युवाहरुलाई नेपाल पठाउने तयारी मोर्चाले गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी