काग्रेसका कारण सरकारले चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन सकेनः ओली

काग्रेसका कारण सरकारले चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन सकेनः ओली

  • शनिबार, जेष्ठ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौं, जेठ २६ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले असन्तुष्टि पोख्न आवश्यक नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताउनुभयो ।

तुरुन्तै व्यवस्थित भईहाल्ने अवस्था नभएकोले त्यसलाई व्यवस्थापन गर्दै लगिने उहाँको भनाई थियो ।

चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन नसकेको विषयमा ओलीले अघिल्लो सरकारलाई दोष थोपर्नुभएको छ । अघिल्लो सरकार बिना योजना ७ सय ५० अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारको रहेको उहाँको आरोप थियो ।

योजनामा नै नभएका ठेक्का पट्टाहरु लागेकोले ७ खर्ब ५० अर्ब भनेको ठूलो रकम भएकालेले यो दायित्व पूरा गर्नुपर्ने सरकारको दायित्व रहेको ओलीले बताउनुभयो ।

अघिल्लो सरकारको मनपरी निर्णयको कारण अहिले सामाजिक सुरक्षाको पक्षलाई धेरै बढाउन सक्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

आगामी दिनमा भताभुङग पारिएका क्षेत्रहरुलाई ट््याकमा ल्याएपछि थप विषयहरु नागरिकको सामाजिक सुरक्षासँग जोडिएर आउने ओलीले बताउनुभयो ।

श्रोतको सुनिश्चितता भन्दै उधारो र धरौटी बिनाको जमानी गर्दै ठेक्का पट्टा कार्यक्रम स्वीकृत गरेर अघिल्लो सरकारले अर्थतन्त्र भाताभुंग पारेको ओलीको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ