२५ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार पुजारी जस्तो नभएको भन्दै विकासको गतिमा अघि बढेको बताउनु भयो ।
यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनि भोलि फेरि उही रित दोर्होयाउने । मन्त्री तथा सचिवहरुलाई निर्देशन दिदै उहाँले भन्नुभयो ।
नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले देशलाई नयाँ ढंगले अघि बढाउने बताउनु भयो ।
वर्तमान सरकार विगतको निरन्तरता मात्रै नभएको दावी गर्दै उहाँले देशमा लोकतन्त्र आइसकेको, बजनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताउँदै उनले जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेबाट कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीले जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । उहाँले कृषिकै माध्यमबाट जनता आत्मनिर्भर हुन सक्ने बताउनु भयो ।