काठमाडौँ, २४ जेठ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज केन्द्रीय सदस्यमा तीनजनालाई मनोनित गर्नुभएको छ ।
यस्तै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा पनि तीन जना मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम लम्जुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाई र खुमबहादुर खड्का पत्नी दाङकी शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
त्यसैगरी सभापति देउवाले पार्टी विधानको धारा ४९ (१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना तीर्थराम डंगोल र हिरादत्त भट्ट लाई कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline