अहिले आर्थिक विकासका लागि अनुकूल वातावरण छ: प्रचण्ड

अहिले आर्थिक विकासका लागि अनुकूल वातावरण छ: प्रचण्ड

  • बिहिबार, जेष्ठ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं २४ जेठ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले सुशासन, आर्थिक विकास र समृद्धि सबै राजनीतिक दलहरुको मूल एजेन्डा भएको बताउँदै त्यसलाई नयाँ गतिका साथ अघि बढाउन चुनौतीको सामना गरेर अघि बढनुको विकल्प नरहेको समेत स्पष्ट पार्नुभएको छ ।

आज राजधानीमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाले विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढ्न नसकेको स्मरण गराउनु भएको थियो ।

अध्यक्ष प्रचण्डले कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औल्याउनु भएको छ ।

अध्यक्ष प्रचण्डले साना तथा मझौला उद्योग मुलुकको आर्थिक विकासको मूल आधार भएको उल्लेख गर्दै त्यसलाई आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ