‘नेकपा कोष्ठ’ बनेपछि ओली–प्रचण्ड नेतृत्वको दल दर्ता भयो , निर्णयमा किन हस्ताक्षर गरिनन् आयुक्त शर्माले ?

‘नेकपा कोष्ठ’ बनेपछि ओली–प्रचण्ड नेतृत्वको दल दर्ता भयो , निर्णयमा किन हस्ताक्षर गरिनन् आयुक्त शर्माले ?

  • बिहिबार, जेष्ठ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

२४ जेठ,काठमाडौं । केपी शर्मा ओली र पष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित पार्टी ‘नेकपा कोष्ठ’ बनेपछि बुधबार निर्वाचन आयोगमा दर्ता भएको छ ।

जेठ ३ गतेको एकीकरणपछि नाम जुराउन नसक्दा दल दर्ता गर्न नसकिरहेका बेला बुधबारै निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गरेर ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ताको स्वीकृति दिने निर्णय भएको जनाएको हो ।

तर दर्ता भएको प्रमाण पत्र भने दिइएको छैन । पार्टीले बुझाएको सदस्य संख्यामा महिलाको संख्या कानून अनुसार ३३ प्रतिशत नपुगेको भन्दै आयोगकी आयुक्त इला शर्माले भने निर्णयमा हस्ताक्षर गरेकी छैनन् । त्यसकारण स्वीकृति नै बेठीक भएको तर्क अगाडि आएको छ ।
दर्ता स्वीकृति पाएको उक्त दलको नाम अब औपचारिक रुपमै ‘नेकपा कोष्ठ’ बनेको छ । कोष्ठभित्र उल्लेख गरिएको ‘नेकपा’ अघिल्तिरका उल्लेख गरिएका पूरा नाम नेपाल कम्युनिस्ट पार्टीकै छोटकरी रुप हो । त्यसले कुनै किसिमको भिन्न अर्थ दिँदैन ।

दलको पूरा नाम र त्यसैको छोटकरी रुपलाई सँगै राखेर ल्याइएको दललाई दर्ता गर्न स्वीकृति दिनु गलत भएको टिप्पणी शुरु भएको छ । केही भाषाविज्ञले नेताहरुको दबाबमा परेर उक्त गलत नाममा अायोगले दल दर्ताको स्वीकृति दिएको बताएका छन् । दर्ता प्रक्रिया गलत भएको उनीहरु बताउँछन् ।

दर्ता स्वीकृतिसँगै ओली–प्रचण्ड अध्यक्ष रहेका पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ अर्थात छोटकरीमा ‘नेकपा कोष्ठ’ बनेको छ । यससँगै नेकपा कोष्ठा संसदीय व्यवस्थामा पहिलो दल बन्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ