(नेकपा)सँग तत्काल एकीकरण सम्भावना छैन: फोरम

(नेकपा)सँग तत्काल एकीकरण सम्भावना छैन: फोरम

  • बिहिबार, जेष्ठ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ जेठ २४ ।
संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचार सार्वजनिक भएपछि फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज विज्ञप्ती जारी गर्दै तत्काल एकता सम्भव नभएको बताउनु भएको हो ।

वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलरपार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो । तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ ।

जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार भएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् ।

यसअघि (नेकपा) का अध्यक्ष प्रचण्डले पनि सार्ववजनिक कार्यक्रममा नै फोरमसँग एकता हुने बताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ