संघीय संसदका सांसदलाई प्रशिक्षण: सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य !

संघीय संसदका सांसदलाई प्रशिक्षण: सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य !

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, जेठ २३ ।
संघीय संसद् सचिवालयले संसदीय प्रक्रियाका विषयमा सांसदहरूलाई जानकारी दिने उद्देश्य स्वरुप आज देखि दुइ दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

सचिवालयले आज र भोली विषय विज्ञबाट सांसद्हरूलाई विषयगत समितिको प्रस्तुति देखि कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिन लागेको जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आयोजित अभिमुखिकरण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु सहभागी रहेका छन् । उनीहरुलाई संसदीय प्रक्रियासम्बन्धी तालिम दिइने छ ।

तालिको पहिलो दिन आज संविधान निर्माण, संघीय संसद र संसदीय अभ्यास, संसद सचिवालयको गठन र उद्देश्य, सचिवालयको सांगठनिक रुपरेखा तथा बिभिन्न महाशाखा र शाखाहरुको काम लगायतका विषयबस्तु बारे सांसदहरुलाई प्रशिक्षण दिनेछ ।

यस्तै संसदमा विधेयक दर्ता हुनु अगाडिको कानुनी मस्यौदा प्रक्रिया, संसदमा विधेयक प्रस्तुत हुने प्रक्रिया, कानुन तर्जुमाको सैद्धान्तिक पक्ष, विधेयकको ढाँचा र अन्तरवस्तुबारे पनि जानकारी दिइने छ ।

भोली दोस्रो दिनको तालिम भने बजेट निर्माण र वित्तिय अनुगमनमा सांसदहरुको भूमिका एवम् संसद र नागरिकको सम्बन्धबारे केन्द्रित हुने छ ।

सांसदहरुलाई पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री रमेश लेखक, पूर्वगर्भनर एवम् योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, तत्कालीन संविधानसभाका सदस्य एवम् प्राध्यापक लालबाबु प्रसाद यादव लगायतले तालिम दिनेछन् ।

यसैबिच सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिनुभएको छ ।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज राजधानीमा आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिनुभएको हो ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य हनुपर्ने बताउनु भएको छ ।

सोही अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यसमाथि ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्नु भएको हो ।

योजना पार्ने र बजेट निकासा गराउने काममा दौडधुप गर्नुपर्दा संघीय संसदको बैठकमा सांसदहरुको उपस्थिति प्रभावित भएको भन्दै उहाँले त्यस किसिमको पद्दतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले योजना र बजेट विनियोजनप्रति पनि असन्तुष्टि जनाउनु भएको छ । आवश्यकता र प्राथमिकताका आधारमा न्ययोचित ढंगले योजना र बजेट छुट्याउनु पर्ने तिमिल्सिनाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ