माओवादी केन्द्रका सांसदसहित बहुमत केन्द्रीय सदस्यकाे भेला जेठ २९ गते,काे काे एकतामा गएनन् ? 

माओवादी केन्द्रका सांसदसहित बहुमत केन्द्रीय सदस्यकाे भेला जेठ २९ गते,काे काे एकतामा गएनन् ? 

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

२३ जेठ,काठमाडौँ ।

माओवादी केन्द्रका सांसदसहित बहुमत केन्द्रीय सदस्य एकतामा नगएको खुलासा भएकाे छ । उनीहरूले जेठ २९ गते भेलाकाे अायाेजना समेत गरेका छन् ।

तत्कालिन नेकपा एमालेसँग गरिएको एकताप्रति माओवादी केन्द्रभित्रको असन्तुष्ट फराकिलो बन्दै जान थालेको छ । एकता सुरुमै भएको छलफलबाटै गोपाल किराँतीको नेतृत्वमा केही नेताहरु बाहिरिएका थिए । उनीहरुले एकता एमालेकरण भन्दै आपत्ति जनाएका थिए । किराँतीले माओवादी केन्द्र पुर्नगठनको घोषणा गरे । एकतालगत्तै उनले आफ्नो संयोजकत्वमा पार्टीको रुप दिइसकेका छन् ।

पार्टीभित्र बढेको असन्तुष्टीको बेवास्ता गर्दै अध्यक्ष पुष्पकमल दाहालले एकताको प्रक्रिया अगाडि बढाए । त्यसपछि आहुतीको नेतृत्वमा केही युवा नेताहरु पनि बाहिरिए उनीहरुले पनि पार्टी गठन गरिसकेका छन् । एकता लगत्तै विमल अधिकारीको नेतृत्वमा जनयुद्धकालिन माओवादी पार्टी ब्यूताइयो । उनीहरुले त्यसलाई पार्टीको रुप दिइसकेका छन् ।

दाहाल नेतृत्वको माओवादी केन्द्रभित्रको असन्तुष्टि भुसका लागेको आगोजस्तै फैलिँदै गएको छ । फेरि केही नेताहरु माओवादी केन्द्र पुर्नगठन गर्न लागेका छन् । यसअघिका विभाजनमा सांसदहरु गएका छैनन् तर यो पटक भने केही सांसदहरुसँगै कार्यालय सदस्य, धेरै पोलिट्ब्यूरो र केन्दीय सदस्यहरु मिलेर नयाँ पार्टी बनाउन लागेका छन् ।

एमालेसँगको एकतासँगै जनयुद्धबाट प्राप्त उपलब्धी गुमेको र जनतासँग गरेको प्रतिवद्धताबाट मुख्य नेताहरु पछि हटेको उनीहरुको निष्कर्ष निकालेका छन् । यसको संयोजन नेता भविसोर पराजुलीले गरेका छन् । उनी निर्वाचनमा माओवादी केन्द्रबाट नवलपुर १ का प्रतिनिधि सभा उम्मेदवार समेत बनेका थिए ।

एमालेसँगको एकताको विरोध गर्दै नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने निष्कर्षसहित जेठ २९ गते विशेष भेला बोलाइएको छ । छलफलमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रलाई नै पुर्नगठन गर्ने की नयाँ पार्टीको नाम राख्ने भन्नेबारे पनि छलफल भएको छ ।

अधिकांश नेताहरुले माओवादी केन्द्रले गलत संस्कारको संस्थागत गरेका कारण नयाँ माओवादी पार्टी गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् भने केही नेताहरुले नाम र चुनाव चिन्हसहित माओवादी केन्द्रकै पुर्नगठन गर्नु पर्नेमा बताएका छन् ।

माओवादी केन्द्रका करिब ६ हजार महाधिवेशन आयोजक समितिका सदस्यहरुको बहुमत एमालेसँगको एकतामा नगएको बताइएको छ ।
त्यसैगरी पूर्व जनमुक्ति सेना कमाण्डर र वाइसिएलका केही पदाधिकारीसहितका नेताहरु जेठ २९ गतेको भेलामा सहभागी हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ