ओली, प्रचण्ड, देउवा र रामचन्द्र किन पुगे रातारात शीतल निवास ?

ओली, प्रचण्ड, देउवा र रामचन्द्र किन पुगे रातारात शीतल निवास ?

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, २२ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई शीतल निवासमा बोलाएर आर्थिक समृद्धिका लागि एकजुट भएर अघि बढ्न सुझाव दिएकी छन् ।

सोमबार राति करिब आठ बजेतिर शीतल निवास पसेका प्रधानमन्त्री ओलीसहितका सत्तारुढ दल नेकपाका नेता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई समृद्धिका लागि एकै ठाउँ उभिन सुझाएकी हुन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार करिब २ घण्टासम्म राष्ट्रपतिले प्रधानमन्त्रीसहितका नेताहरुसँग सम्बाद गरेकी थिइन् ।

‘समसामयिक विषय बसतुमै कुराकानी भएको हो । राष्ट्रपतिले सबै तहका निर्वाचन भएर देशबाट संक्रमणकाल पनि सकिएकाले अब समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्नुभयो’, अधिकारीले राष्ट्रपतिको भनाइ उधृत गर्दै अन्नपूर्ण अनलाइनसँग भने, ‘संविधानको मूल मर्म र भावना अनुसार राजनीतिक दलहरु केन्द्रित हुनुपर्छ । समाजवाद उन्मुख संविधान पनि बनिसकेकाले लोकतान्त्रिक मूल्य मान्यता, मानवअधिकारका मूलभूत सिद्धान्तलाई पालना गर्दै मुलुक समृद्ध बनाउन लाग्नुपर्छ ।’

ब्यापार घाटाबारे चिन्ता

भेटका क्रममा राष्ट्रपति भण्डारीले देशमा बढ्दो ब्यापार घाटाप्रति गम्भीर चिन्ता जाहेर गरेकी थिइन् । उनले ब्यापार घाटा कम गर्न आयातलाई निरुत्साहित गर्न पनि सत्तारुढ र प्रतिपक्षी दुवै तर्फका नेतालाई आग्रह गरिन् ।

‘ब्यापार घाटा बढ्दो छ, आयात प्रतिस्थापन गर्नेतर्फ तपाईँहरुको ध्यान केन्द्रित हुनुप¥यो’, राष्ट्रपतिको भनाइ उधृत गर्दै अधिकारीलले भने, ‘वैदेशिक रोजगारीलाई पनि निरुत्साहित गर्न स्वदेशमै रोजगारी बढाएर युवाहरुलाई यहीँ रोक्ने योजना ल्याउनेतर्फ लाग्नुस् ।’

शिक्षाबारे चासो

राष्ट्रपति भण्डारीले नेताहरुसँग गुणतस्तरीय शिक्षाका लागि सक्रिय हुन पनि चिन्ता जाहेर गरिन् । अधिकारीका अनुसार उनले गुणस्तरीय शिक्षा प्रवद्र्धनमा जोड दिएकी थिइन् । ‘गुणस्तरीय शिक्षा प्रवद्र्धनमा जोड दिनु आवश्यक छ’, नेताहरुसँग राष्ट्रपतिले भनिन्, ‘देश प्रेमको भावना जागृत गर्ने शिक्षा अहिले जरुरी छ ।’

दुवै पक्षलाई एकताको सन्देश

राष्ट्रपतिले अब सबै शक्ति देश समृद्धि लानुपर्ने आवश्यक रहेको बताउँदै सत्ता पक्ष र प्रतिपक्षलाई समृद्धिका साझा एजेन्डामा मिलेर जानु भन्ने सन्देश पनि भेटमा दिएकी छन् । ‘समृद्धिलाई साझा एजेन्डा बनाउनु भन्ने सन्देश राष्ट्रपतिलले दुवै पक्षलाई दिनुभएको छ’, अधिकारीले भने ।

राष्ट्रपतिलाई भेट्ने प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यष पुष्कमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल शीतल निवास पुगेका थिए ।

अन्नपूर्ण पोस्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ