हत्या अभियोगमा कतारको अदालतद्वारा नेपाली कामदार अनिल चौधरीलाई मृत्युदण्डको फैसला

हत्या अभियोगमा कतारको अदालतद्वारा नेपाली कामदार अनिल चौधरीलाई मृत्युदण्डको फैसला

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, २१ जेठ ।
कतारको अदालतले हत्या अभियोगमा एक नेपाली कामदार अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको सुनाएको छ ।

तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा मोहत्तरी औराही–१, का चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

तल्लो अदालतले गरेको फैसला उपर नेपाली दूतावासले चौधरीको जीवन रक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । चौधरी कतारी नागरिक अल नुएमीको हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । अदालतले चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला सुनाएको हो ।

हालसम्म हत्या अभियोग लागेका नेपालीहरु मध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा हो । घटनाको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन ।
कतारस्थित नेपाली दूतावासले चौधरीको सहमतिमा पुनरावेदन गरिएको जनाएको छ । सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिव ६ लाख रुपैयाँ) राजदूतावासले सरकारसँग माग गरेपछि, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय हुँदै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई पैसा उपलब्ध गराउन अनुरोध गरेको छ ।

बोर्डले बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भइरहेको जनाएको छ । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार वास कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको छ । नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो ।

कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् । पोखराका कौशल कार्कीलाई १० वर्ष जेल र दुई लाख ६० हजार रियाल ब्लडमनी तिनुपर्ने फैसला भइसकेको छ । गणेशकुमार कार्कीलाई आजीवन कारावास र २ लाख ६० हजार रियाल जरिवाना तोकेको छ ।

कौशलले हत्या स्वीकार गरेपनि गणेशले अझैसम्म अभियोग स्वीकार गरेको छैन । अदालतले सिद्धी नाज र बालकुमार श्रेष्ठलाई पनि आजिवान कारावास र दुई लाख ६० हजार रियाल जरिवाना तोकेको छ ।

आफ्नै दाई रामप्रसाद कुमार दनुवारको हत्या अभियोगमा भविलाल कुमार दनुवार पनि जेलमा छन् । उनको अभियोगमा फैसला भइसकेको छैन ।
विनोद रानाभाट, अन्सारुल रैन, राम महरा, बिष्णु दर्जे र उर्गेन शेर्पामाथि हत्याको अभियोग छ । दर्जे र शेर्पामाथि दीपक रोक्काको हत्या अभियोग लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी