प्रदेशसभा बैठकमै ओलीले कुहिएका माछा खान सुझाव दिएपछि……

प्रदेशसभा बैठकमै ओलीले कुहिएका माछा खान सुझाव दिएपछि……

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका कारखाना बन्द भएको तर विदेशबाट राम्रो देखिने सामान उपभोग गर्ने क्रम बढेको बताउनु भयो ।

नेपाली जनता आयातमा बढी भर परेकोमा असन्तुष्टी व्यक्त गर्दै उहाँले विदेशमा बनेका सामान तथा उपभोग्य वस्तु आयात मात्रै गर्ने चलन नराम्रो भएको बताउनु भयो ।

प्रदेश ३ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश गरिब भएपनि देशमा फलेको चामल मोटो भनेर विदेशबाट आयात गरेको मसिनो चामल खाने गरेको बताउनु भयो । उहाँले त्यस्ता वस्तु उपभोग गर्दा स्वास्थ्यमा पनि असर गर्ने पनि धारणा राख्नुभयो ।

कपास खेती नगर्ने तर कपासको राम्रो कपडा लगाउनुपर्ने अवस्था आएको बताउदै उहाँले भन्नुभयो, ‘कपडा कारखाना सिध्याइदियौं, तरपनि कपडा राम्रै लगाउनुपर्छ । जुत्ता कारखाना सिध्याइदियौँ, तर जुत्ता राम्रो नै लार्उनुपर्छ ।’

उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘हामीलाई कुहिएका माछा आयात गरेर नखाए हुने हो । त्यसमा हालेको मर्फिनले १० वर्षमा नपुंशकता हुन्छ । अब फेमिलि प्लानिङ नगरे हुन्छ त्यै कुहिएका माछा खाए हुन्छ ।’

कतिपय आयातित पेय पदार्थ खानयोग्य नभएपनि उपभोग भइरहेको भन्ै उहाँले, ‘कुहिएका केरा नखाए हुने हो तर किन पैसा चिलाउछ खै ? रेडबुल कुन्नी कुन जुस नखाए हुने हो । त्यसमा केमिकल फ्लेवर हुन्छ लिचिको भन्छ त्यसको बोक्रा देखेको हुँदैन ।’

उहाँले नेपालको पानी पिए हुने ठाउँमा अर्बौंको पेय पदार्थ आयात भइरहेकोमा दुखेको पोख्दै त्यस्ता वस्तु आयात नगरेर उत्पादनमा लाग्नुपर्ने मा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ