भारतले ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिनँ’ भनेपछि सम्बन्ध पुनःस्थापना भएको हो: ओली

भारतले ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिनँ’ भनेपछि सम्बन्ध पुनःस्थापना भएको हो: ओली

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

हेटौंडा, जेठ २१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भारतसँग झुकेको भनेर लगाईएको आरोप निराधार रहेको बताउनु भएको छ । उहाँले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको दाबी गर्नुभयो ।

३ नम्बर प्रदेशसभाको विशेष बैठकलाई आज हेटौंडामा पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिनँ’ भनेपछि सम्बन्ध पुनःस्थापना भएको दाबी गर्नुभयो ।

नेपालीहरुले आफ्नो आनीबानी सच्याउन जरुरी रहेको बताउँदै उहाँले उत्पादन र रोजगारीका अवसर सिर्जना गराउने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

अब नेपालमा जनताका लागि सरकार आएकोले कोही पनि भोकै नमर्ने भन्दै प्रधानमन्त्री ओलीले अबको केही वर्ष्भित्र कसैले भीख माग्नुपर्ने अवस्था आए सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने जिकिर गर्नुभयो ।

भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले मुलुक विकासका लागि भ्रष्टाचार उन्मूलन अभियान नै सन्चालन गर्ने बताउनु भयो ।

हेटौंडा कपडा कारखाना तत्काल सन्चालनमा ल्याइने घोषणा गर्दै त्यसका लागि आवश्यक मेसिन तत्काल ल्याइने पनि उहाँले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले भारतलेसमेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्नसक्ने कच्चापदार्थ नेपालसँग रहेको भन्दै सिमेन्ट उत्पादन गरी निर्यात गर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी