प्रचण्डको खुलासा- मैले र ओली जीले नै एकता हुँदैन भन्ने भ्रम छरेका थियौ, सबैलाई झुक्याएर ड्याम्मै पार्टी एकता गर्यौ

प्रचण्डको खुलासा- मैले र ओली जीले नै एकता हुँदैन भन्ने भ्रम छरेका थियौ, सबैलाई झुक्याएर ड्याम्मै पार्टी एकता गर्यौ

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

१९ जेठ, पोखरा ।

पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहालले सबैलाई झुक्याएर केपी ओली र आफुले पार्टी एकता गरेको बताउनु भएको छ ।

आफ्नो जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले देशभित्रका जाली फटाहा र विदेशी प्रतिक्रियावादीलाई झुक्याएर ड्याम्मै पार्टी एकता गर्नुपरेको बताउनु भयो ।

ओली र आफ्नो योजनामा नै एकता हुँदैन कि भन्ने भ्रम छरेका थियौ र पछि एकैपटक पार्टी एकता गरेर सबैलाई चकित बनाईदियौ प्रचण्डले भन्नुभयो ।

पार्टी एकता हुन लाग्दा भाँड्ने चलखेल भएकाले हुँदैन जस्तो वातावरण बनाएर जाली फटाहालाई झुक्याइएको उहाँको भनाई छ ।

ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको पनि उहाँले बताउनु भयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, जेठ २ गते विहान कमरेड केपी ओली र म बालुवाटारमा भेट भइसकेपछि अब ढिलो नगर्ने कुरा भयो । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकैदिन गरौं भन्ने प्रस्ताव राखेँ, त्यही दिन भयो ।

उहाँले नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट नरहेको समेत चेतावनी दिनुभयो ।

प्रचण्डले उपेन्द्र यादव समेत सरकारमा सहभागी भएपछि अब सरकारसँग दुई तिहाई बहुमत रहेको र संविधान संशोधनका लागि प्राबिधिक तथा संवैधानिक हैसियत प्राप्त भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ