मेरो वरीयता तोक्नेहरुले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझेका छैननः खनाल

मेरो वरीयता तोक्नेहरुले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझेका छैननः खनाल

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, जेठ १९ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको प्रष्ट पार्नुभएको छ ।

चीनमा भएको काल्र्समाक्र्स सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकतामा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी समेत गर्नुभएको छ ।
वरियताको क्रममा चरम असन्तुष्टि व्यक्त गर्दै उहाले आफ्नो बरियता तोक्ने अधिकार कसैसँग नभएको भन्दै आफू दोस्रो वरियतामै रहेको जिकिर गर्नुभएको छ ।

वरियताका विषयमा पार्टी्भित्र रहेर संघर्ष गर्ने भन्दै खनालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रष्ट पारे । आफ्नो वरीयता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्नेहरु भएको उहाको टिप्पणी थियो ।

खनालले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझ्नका लागि गहन चिन्तन आवश्यक भएको भन्दै त्यसमा लाग्न सुझावसमेत दिनुभएको छ । खनालले आफू अस्वस्थ भएका कारण चीनमा रहँदा स्वास्थ्य परीक्षणसमेत गरेर आएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ