फोरमले मन्त्री छान्योः उपेन्द्र स्वास्थ्यमन्त्री, मोहम्मद शहरी विकास

फोरमले मन्त्री छान्योः उपेन्द्र स्वास्थ्यमन्त्री, मोहम्मद शहरी विकास

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, जेठ १८ ।
संघीय समाजवादी फोरम नेपालले मन्त्री बन्ने दुई जनाको नाम टुंगो लगाएको छ ।

फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता मोहम्मद इस्तियाक राई मन्त्री बन्ने तय भएको हो । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नाम टुंगो लगाएको फोरम नेपालले जनाएको छ ।

यादव यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनिसक्नुभएको छ भने राई श्रम तथा यातायात मन्त्री बनिसक्नुभएको थियो ।

दुवै जनाको सपथ ग्रहण आजै बेलुका राष्ट्रपति भवन शीतलनिवासमा गर्ने तयारी छ । यससंगै मन्त्रीपरिषद अब २४ सदस्यीय भएको छ । फोरमले पाउने एकजना राज्यमन्त्रीको नाम भने टुंग्याउन बाँकी नै रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ