प्रधानमन्त्री अाेली असार ५ गते चीन जाने, यस्ताे छ भ्रमणकाे कार्यतालिका

प्रधानमन्त्री अाेली असार ५ गते चीन जाने, यस्ताे छ भ्रमणकाे कार्यतालिका

  • बिहिबार, जेष्ठ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडाैं, १७ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि असार ५ गते चीन प्रस्थान गर्ने भएका छन् । अाेलीकाे भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले बुधबार साइत जुराएको हो ।

असार ५ देखि १० गतेसम्म हुने अाेलीकाे चीन भ्रमणकाे तयारीका लागि नेपालका लागि चिनियाँ राजदूत लिलामणी पौडेल चीन प्रस्थान गरिसकेको स्रोतले बतायो । ओली सर्वप्रथम चीनको सिचुवान पुग्ने कार्यतालिका छ ।

ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।

यसअघि ओलीले सांघाई को-अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने भन्दै त्यसको दुर्इ साता पछिका लागि भ्रमण तालिका मिलाएको हो ।

प्रधानमन्त्री ओलीले चैत अन्तिममा भारत भ्रमणमा गएका थिए । यसअघि पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए । त्यसबेला महत्वपूर्ण पारवाहनसहितका सहमतिमा हस्ताक्षर भएको थियो ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ