काग्रेसको बिरोधपछि ओलीले बैठकमा भने, हिजो छुटेको के ढुंगेल अरे ?, गगनलाई जवाफ, म राजा फालेर आएको मान्छे हुँ

काग्रेसको बिरोधपछि ओलीले बैठकमा भने, हिजो छुटेको के ढुंगेल अरे ?, गगनलाई जवाफ, म राजा फालेर आएको मान्छे हुँ

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१६ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले बालकृष्ण ढुंगललाई नचिन्ने तर कारागारले गरेको सिफारिस अनुसार उनको कैद मिनाहा गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईनको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताए ।

ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने प्रष्ठ पार्दै सँगै रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हिजो छुटेको के ढुंगेल अरे भन्दै सोधेका थिए ।

बैठकमा सम्बोधन गर्नुअघि नै ओलीले के ढुंगेल अरे भनेपछि थप प्रष्ट्याए ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।’

प्रमुख प्रतिपक्षी दलले ढुंगेललाई आममाफि दिएको आप्पती जनाएपछि ओलीले कारागार व्यवस्थापन विभागले गरेको सिफारिसका आधारमा सरकारले ८१६ जनाको बाँकी कैद मिनाह गरेको बताएका हुन् ।

मन्त्रिपरिषद्मा तीन पुस्ते मगाएर हेर्ने चलन नभएको भन्दै प्रधानमन्त्री ओलीले पहिलो पटक कैद मिनाह गरेको पनि बताए ।

ढुंगेलको कैद मिनाहलाई लिएर मंगलबार सांसद गगन थापाले प्रधानमन्त्री महाराजा होइन भनेको स्मरण गर्दै ओलीले भने, ‘उहाँले ठीक भन्नु भएको हो । म महाराजा होइन, राजा फालेर आएको मान्छे हुँ ।’

ढुंगेलको रिहाइको विरोध गरेका कांग्रेस सांसद थापा मंगलबारको संसद बैठकमा हिजो राजाले माफी दिने गरेको भन्दै गणतन्त्रमा प्रधानमन्त्री ‘राजा’ नभएकाले माफी दिन नमिल्ने बताएका थिए । आजको काग्रेस संसदीय दलको बैठकले पनि ढुंगेलको रिहाईको बिरोध गरेको छ । कांग्रेसले ज्यान मुद्दामा दोषी ठहर बालकृष्ण ढुंगेललाई जेलमुक्त गरेर सरकारले जनता तर्साउने काम गरेको आरोप लगाएको छ ।

राजनीतिक उद्देश्यले ढुंगेलको रिहाइ गरिएको भन्दै कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने पनि जनाएको छ ।

हिजो नेबिसंघले राजधानीमा ढुंगेलको बिरोधमा अर्धनंग्न भएर प्रदर्शन समेत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ