काठमाडौँ, १६ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष को बजेट संघीयता कार्यान्वयन उन्मुख नभएको ठहर गरेको छ ।
सिंहदरबारमा आज बसेको काँग्रेस संसदीय दलको बसेको बजेट संघीयता कार्यान्वयनको मर्म्विपरीत जनतालाई कर र ऋणको दायित्व बढाउने खालका भएको निश्कर्ष निकालेको हो ।
कांग्रेसले बजेट कुनै नीति र प्राथमिकताबिनाको, कार्यान्वयन भन्दापनि सत्तासिन पार्टीको आफ्नै सपना देखाउने दस्तावेजका रुपमामात्र ल्याइएको आरोप लगाएको छ ।
बैठकको निर्णयबारे जानकारी गराउँदै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले करको दायरा वृद्धि गर्नुको सट्टा जनतालाई करको भार बोकाएको भन्दै बजेटले आमनागरिकलाई १४ हजारभन्दा बढी थप ऋणभार बोकाएको बताउनु भयो ।
उहाँले कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने बैठकको निष्कर्ष रहेको बताउनु भयो ।
खाँणले यसले अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय लगानीकर्तालाई अभिप्रेरित गर्न नसक्ने बताउनुभयो । कृषि र उत्पादनशील क्षेत्रमा पाँच वर्षमा शतप्रतिशत वृद्धि गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त क्षेत्रमा लगानी अपर्याप्त भएको उल्लेख गर्दै मुख्य सचेतक खाँणले बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न नसकेको टिप्पणी भएको उल्लेख गर्नुभयो ।
पर्यटनका सम्बन्धमा पनि सरकारले आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको भन्दै पार्टीले आमनेपाली जनताको अपेक्षाअनुसार आर्थिक समृद्धि हुने आशा विपरीत बजेट आएको भनी टिप्पणी गरेको छ ।
निजी जग्गाको सम्बन्धमा बजेटमा गरिएका व्यवस्थाले नियन्त्रित अर्थतन्त्रतर्फ सरकार अभिप्रेरित भएको काँग्रेसको शंका छ ।
लगानी प्रवद्र्धन गर्ने दिशातर्फ उन्मुख हुनुपर्नेमा बजेटले निजी क्षेत्रलाई पूरै बेवास्ता गरेको पनि कांग्रेसको ठहर छ । बैठकमा पूर्वअर्थमन्त्री, पूर्वयोजना आयोगका उपाध्यक्षलगायत अर्थ्विद्लाई पनि बोलाएर छलफल गरिएको थियो ।
यसैबीच , कांग्रेसले ज्यान मुद्दामा दोषी ठहर बालकृष्ण ढुंगेललाई जेलमुक्त गरेर सरकारले जनता तर्साउने काम गरेको आरोप लगाएको छ ।
राजनीतिक उद्देश्यले ढुंगेलको रिहाइ गरिएको भन्दै कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने पनि जनाएको छ ।