मार्क्सवाद शीरमा राखेर समाजवादतर्फ जाने ओली प्रचण्डको उद्घोष, भन्छन्, नेपालका कम्युनिष्टबाट विश्वले पाठ सिक्नुपर्छ

मार्क्सवाद शीरमा राखेर समाजवादतर्फ जाने ओली प्रचण्डको उद्घोष, भन्छन्, नेपालका कम्युनिष्टबाट विश्वले पाठ सिक्नुपर्छ

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

१६ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकतासँगै मुलुकमा समाजवादको आधार तय भएको बताउनु भएको छ ।

पुनर्गठित नेकपाका अध्यक्ष समेत रहनुभएका ओलीले आफ्नो पार्टीले समानतावाद र साम्राज्यवादको बिरोध र श्रमीक वर्गको चाहनालाई पुरा गर्न सबृद्ध समाजवादी यात्राका लागी बाटो तय गर्ने दाबी गर्नुभयो ।

काठमाडौंमा आजदेखि शुरु भएको अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट तथा समाजवादी नेताहरुको सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव विश्वका अन्य देशका कम्युनिस्ट पार्टीलाई काम लाग्ने बताउनु भयो ।
उहाँले नेपालको कम्युनिस्ट पार्टीसँग शान्तिपूर्ण र सशस्त्र दुवै संघर्षको अनुभव रहेको बताउँदै मदन भण्डारीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनले माक्र्सवादको नवीन प्रयोग गरेको र त्यसबाट सफलता मिलेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको दश पेज लामो कार्यपत्रमा समाज परिवर्तनका लागि कार्ल मार्क्सको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ ।

सरकारसँग छोटो समयमै धेरै काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले मुलुकको समृद्धिका लागि लगानीको वातावरण प्रशस्त गर्दै औद्योगिक क्रान्तिबाट स्वदेशमै रोजगारीको वातावरण तयार गरिने बताउनु भयो ।

सुशासन, भ्रष्टाचारको अन्त्य, छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुदृढीकरण गर्नुजस्ता कार्य सरकारको मूल लक्ष रहेको उहाँले स्पस्ट पार्नुभयो ।

नेकपा अण्डरलाईनका अध्यक्ष पुष्पकमल दाहालले वैज्ञानिकरुपमा समाजलाई परिवर्तन गर्न र जनताको सर्वोपरी हितका लागि मार्क्सको सिद्धान्त अहिले पनि सान्दर्भिक रहेको बताउनु भयो ।

कम्युनिस्ट पार्टीको एकताले लोकतन्त्र अझ सुदृढ हुने दावी गर्दै उहाँले सैद्धान्तिक तथा व्यवहारिकरुपमा परिवर्तनलाई आत्मसाथ गर्दै आइपर्ने हरेक चुनौती सामना गर्न कम्युनिस्ट पार्टी सक्षम रहेको बताउनु भयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, भीयतनाम, लाओस, उत्तर कोरिया, दक्षिण अफ्रिका, भेनेजुयला, अष्ट्रेलिया, बंगलादेश, श्रीलंकालगायतका देशका कम्युनिस्ट पार्टीका नेताहरु सहभागी छन् ।

विश्व कम्युनिष्ट आन्दोलनका विचारक कार्ल मार्क्स जन्मिएको २०० वर्ष पूरा भएको अवसरमा आजदेखि काठमाडौंमा कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्रा्ष्ट्रिय सम्मेलन सुरु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ