नेकपामा बोहरा र शेरचनको असहमतीः भन्छन्, हलबाट निर्वाचितलाई किन केन्द्रीय कमिटीबाट हटाइयो?

नेकपामा बोहरा र शेरचनको असहमतीः भन्छन्, हलबाट निर्वाचितलाई किन केन्द्रीय कमिटीबाट हटाइयो?

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

१६ जेठ, काठमाडौं ।
तत्कालिन एमाले र माओवादी केन्द्रका दुई जना पुराना नेताद्वय अमृतकुमार बोहरा र अमिक शेरचनले आफुहरुलाई पुनरगठित नेकपा अण्डरलाईनको केन्द्रिय कमिटिबाट हटाउनुको कारण माग गरेका छन् ।

आफूलाई दिएको स्थायी आमन्त्रित सदस्य पद समेत अस्वीकार गर्दै उनीहरुले लिखित रुपमै असहमती जाहेर गरेका छन् । बोहरा र शेरचनले विधान र केन्द्रीय कमिटीको संरचनाप्रति आपत्ति जनाउँदै लिखित असहमति राखेका हुन् ।

तत्कालिन एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा निर्वा्चित नेता बोहराले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई पत्र लेखेर आफूलाई केन्द्रीय कमिटीबाट हटाइनुको कारण पनि माग्नुभएको छ ।

बोहराले आफू महाधिवेशनबाट निर्वा्चित केन्द्रीय सदस्य, अनुशासन आयोगको अध्यक्ष र पदेन स्थायी कमिटी सदस्य रहेकाले आमन्त्रित सदस्य नबन्ने प्रष्ट पार्नुभएकोछ ।

उहाँले पार्टीको विधानसमेत बिगारिएको भन्दै आपत्ति जनाउदै केही नेतालाई बलियो बनाउने गरी पछिल्लो विधान लेखिएको बताउनु भयो ।

विधानमा अनुशासन आयोगलाई केन्द्रीय कमिटीले कारवाही गर्न सक्ने जस्ता आपत्तिजनक बुँदाहरु राखिएको र धेरै ठाउँमा मनपरी गरिएकाले आफूले असहमति जनाएको बोहराले प्रष्ट पार्नुभयो ।

उता तत्कालिन माओवादी केन्द्रका अनुशासन आयोग अध्यक्ष अमिक शेरचनले पनि हेटौंडा महाधिवेशनबाट आयोगको अध्यक्षमा निर्वा्चित भएकाले निर्वा्चित केन्द्रीय सदस्यको हैसियतमा रहनुपर्ने भन्दै स्थायी आमन्त्रित सदस्यमा अहसमति जनाउनु भएको छ ।

असहमतिका कारण नेकपाले निर्वाचन आयोगमा बुझाएको माइन्युटमा अमृत बोहरा,अष्टलक्ष्मी शाक्य, अमिक शेरचनले हस्ताक्षर गरेका छैनन् ।

यसैबीच पार्टी एकीकरण भएको ११ दिनपछि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ ।स्थायी कमिटीमा तत्कालिन एमालेबाट २६ र माओवादीबाट १९ जना नेता परेका छन् ।

नेकपाले सचिवालय सदस्यबाहेक अन्य स्थायी कमिटी सदस्यहरुको मर्यादाक्रम भने तोकिएको छैन । वर्णानुक्रम अनुसार सदस्यहरुको नाम राखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी

केन्द्रीय सचिवालय

केपी शर्मा ओली
पुष्पकमल दाहाल प्रचण्ड
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
नारायणकाजी श्रेष्ठ
ईश्वर पोखरेल
रामबहादुर थापा
विष्णु पौडेल

तत्कालिन एमालेबाट

सुवास नेम्वाङ
भीम रावल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
घनश्याम भुसाल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
किरण गुरुङ
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
रघुवीर महासेठ

तत्कालिन माओवादीबाट

देव गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
अग्नि सापकोटा
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
पम्फा भुसाल
मात्रिका यादव
गणेश साह
लेखराज भट्ट
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
लिलामणि पोखरेल
मणि थापा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ