१५ जेठ,काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ र पुर्नठगित माओवादी केन्द्रका संयोजक गोपाल किरातीबीच पार्टी एकताको लक्ष्यमा अघि बढ्ने सहमति भएको छ ।
मंगलबार भएको वार्तामा वैद्य र किरातीले कार्यगत एकता हुँदै पार्टी एकताको लक्ष्यमा अघि बढ्ने सहमति भएको छ ।
माओवादी केन्द्रका संयोजक किरातीका अनुसार कम्युनिष्ट क्रान्तिकारीरुबीच कार्यगत मोर्चामा सभागी हुँदै पार्टी एकतामा पुग्ने, रुपान्तरणसहितको माओवादी आन्दोलन निर्माणमा सक्रिय पहल बढाउने र कम्युनिस्ट क्रान्तिकारीहरुबीच घनिभूत छलफल चलाउने दुवै नेता सहमत भएका छन् ।
त्यसैगरी प्रविधिको भूकामलाई प्रधान बनाएर श्रमको भूमिकालाई नजर अन्दाज गर्ने दृष्टिकोणविरुद्ध संघर्ष गर्ने पनि छलफलको क्रममा सहमति भएको छ ।
“श्रमको मूल्य आधारित अतिरिक्त मूल्यको सिद्धान्त विस्थापित गरेर अन्तत माक्र्सवाद नै परित्याग गर्ने खतरनाक प्रवृत्तिबारे गम्भिर छलफल गर्नेबारे पनि छलफल भएको छ” किरातीले भने ।