प्रचण्डले भने- हामी ‘रिल्याक्स’मा छैनौँ, अग्निपरीक्षामा छौंः अब कम्युनिष्ट र काँग्रेस पनि मिल्नुपर्छ! यस्तो छ देउवाको जवाफ

प्रचण्डले भने- हामी ‘रिल्याक्स’मा छैनौँ, अग्निपरीक्षामा छौंः अब कम्युनिष्ट र काँग्रेस पनि मिल्नुपर्छ! यस्तो छ देउवाको जवाफ

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, १५ जेठ ।
विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि सम्पूर्ण दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज आयोजना गरेको गोष्ठीमा सहभागी नेताहरुले दलहरु आपसमा मिल्दा मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन सम्भव भएको भन्दै अब मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा पनि एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईनका अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भई कार्यान्वयनको चरणमा रहे झै वर्तमान सरकार पनि अग्नि परीक्षामा रहेको बताउनुभयो ।

राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो – “तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह देखापर्छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्ष हामीले जित्नुपर्छ । हामी ‘रिल्याक्स’मा छैनौँ, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी सफल हुनुपर्नेछ ।”

गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले सरकारमा बहुमत भए पनि देशको समृृद्धिसँगै राष्ट्रिय मुद्दामा कम्युनिष्ट र काँग्रेस मिल्नुको विकल्प नहुने बताउनुभयो ।

उहाँले कम्युनिष्ट र काँग्रेस मिल्दा देशले जित्ने भन्दै पहिलो संविधान सभामा मिल्न नसक्दा हारेको र भूकम्पपछि सबै
पार्टी मिल्दा संविधान जारी भएको स्मरण गर्नुभयो ।

राष्ट्रिय मुद्दा र हितमा फेरि पनि मिल्नुको विकल्प नभएको उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गरिएको बताउँदै अधिनायकवाद भन्दा पनि देशमा समृद्धि र विकासका लागि विचार मिल्नेहरु मिल्न सम्भव भएको प्रस्ट पार्नुभयो ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान जारी भइसकेको सन्दर्भमा भाषण भन्दा काम गरेर देखाउन वर्तमान सरकारलाई सुझाव दिनुभयो ।

दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको भन्दै उहाँले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती पनि दिनुभयो ।

उहाँले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा भएको पनि बताउनु भयो । सभापति देउवाले संघ, प्रदेश र स्थानीय तह सञ्चालनमा दीर्घकालीन रुपमा आर्थिक संकट हुने देखिएकाले उत्पादन र आत्मनिर्भरमा जोड दिइनु पर्ने बताउनुभयो ।

देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव समेत दिनुभएको छ । बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव÷भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनतालाई देशमा गणतन्त्र आएको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्छ भन्नुभयो ।

नेकपा अण्डरलाईनका नेता सुभाषचन्द्र नेम्वाङले वाम गणबन्धनलाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा अब जनभावनाअनुसार काम गर्न सक्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ