५ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको बताउनु भएको छ ।
गणतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिनुभयो ।
उहाँले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा भएको पनि बताउनु भयो ।
देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव समेत दिनुभएको छ ।
बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव÷भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline