शुष्मा स्वराजले दिईन् विवादस्पद अभिव्यक्ति, मोदीले जनकपुरबाट भारतीय नागरिकलाई संबोधन गरेको दावी

शुष्मा स्वराजले दिईन् विवादस्पद अभिव्यक्ति, मोदीले जनकपुरबाट भारतीय नागरिकलाई संबोधन गरेको दावी

  • सोमवार, जेष्ठ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

१४, जेठ काठमाडौं । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने पहिलो प्रधानमन्त्री बनेको बताएकी छन् ।
विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै स्वराजले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी हुन् ।
आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन नगरेको भन्दै स्वराजले मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौं लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गर्नुभएको बताएकी छिन् ।
स्वराजले करिब डेढ घण्टा लामो प्रश्नोत्तरमा नेपालसँगको सम्बन्ध, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे केही उल्लेख गरिनन् । उनले चीन, पाकिस्तान, अमेरिका, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका देशसँगको सम्बन्धबारे चर्चा गर्दा पनि उनले नेपालको नाम लिइनन् । तर जनकपुरमा गरेको संबोधनलाई भने उनले भारतीय नागरिकलाई गरेको संबोधनको संज्ञा दिइन् ।

भारतीय प्रधानमन्त्री मोदीले गत वैशाख अन्तिम साता नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दै नागरिक अभिनन्दनका क्रममा रंगभूमि मैदानमा सम्बोधन गरेका थिए । सो सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो भने प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।
स्वराजले त्यस क्रममा नेपालको नाम उल्लेख गरेकी छैनन् । उनले जनकपुरको मैदानबाट मोदीले भारतीय समुदायलाई सम्बोधन गरेको भनेर के इंगित गर्न खोजिन् ? यो प्रष्ट भएको छैन । जनकपुरमा प्रवासी भारतीयको संख्या नगन्य छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ