नेकपा अण्डरलाईनसँग दुई बुदे सहमतीपछि फोरम सरकारमा सहभागी हुँदै

नेकपा अण्डरलाईनसँग दुई बुदे सहमतीपछि फोरम सरकारमा सहभागी हुँदै

  • सोमवार, जेष्ठ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, जेठ १४ ।
नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमति भए सँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने भएको छ ।

आज बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गर्नू भएको हो ।

सत्तारुढ नेकपाले आपसी सहमतिका आधारमा संविधान संशोधन गरि अघि बढ्ने लिखित सहमति गरे सँगै फोरम सरकारमा सहभागी हुन लागेको हो ।

‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिन सहमतिको पहिलो बुँदामा भनिएको छ ।

यसैबीच केन्द्रिय सरकारमा सहभागी हुने निर्णयले निर्वाचनदेखि सुरु भएको राजपा र फोरमबीचको गठबन्धन संकटमा परेको हो ।

दुई पार्टीबीच प्रदेश नम्बर दुईमा रहेको गठबन्धन समेत टुटेको छ । यद्यपि मन्त्रालय बाँडफाडको बिषय भने टुंगो लाग्न बाँकी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सरकार गठनका समय गत फागुन पहिलो साता नै सरकारमा सहभागी हुने तयारी फोरमले गरेपनि उपप्रधानमन्त्री सहितको मागमा सहमति हुन नसकेपछि रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ