तत्कालिन एमाले र माओवादीले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता

तत्कालिन एमाले र माओवादीले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

धनुषा, जेष्ठ १३ ।

पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईनले प्रदेश नम्बर २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश नम्बर २ सरकारलाई विश्वासको मत दिएका तत्कालीन एमाले र माओवादी केन्द्रले आज समर्थन फिर्ता लिएका हुन् ।

सरकारको सय दिनको उपलब्धी शून्य रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दै उनीहरुले समर्थन फिर्ता लिएका हुन् ।

एमालेले संसदीय दलका नेता सत्यनारायण मण्डलले वर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै संसद अवरुद्ध गरेका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताउनुभयो ।

सरकार भ्रष्टचारमा लिप्त भएको र भ्रष्टचारको भागी आफूहरु नबन्ने भन्दै समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो ।

एक सय ७ सदस्य रहेको प्रदेशसभामा एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ११ सांसद रहेका छन् । गत जेठ ३ गते कांग्रेसलाई प्रमुख विपक्षी दलको रुपमा मान्यता दिएपछि एमाले र माओवादी केन्द्रले निर्णयको विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ