कसैले जा भन्दैमा नेतृत्व छाडेर हिड्दिन, म त निर्वाचित सभापति हुँ: देउवा

कसैले जा भन्दैमा नेतृत्व छाडेर हिड्दिन, म त निर्वाचित सभापति हुँ: देउवा

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले हट भन्दैमा आफूले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ ।

नेपाल प्रेस युनियनले आफ्नो २७ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले आफू निर्वा्चित भएर आएकाले तीन वर्षपछि पुनः महाधिवेशन हुने र त्यतिबेला नै नेतृत्वबारे छिनोफानो हुने स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाचनमा कांग्रेस पराजयको कारण वाम एकता नै भएको पनि दाबी गर्नुभयो । दुई पार्टी मिलेर चुनाव लडेकाले कांग्रेसले चुनाव हार्दा आफूले किन राजीनामा दिने भनी उहाँले प्रश्न समेत गर्नुभयो ।

कांग्रेस अरु कुनै कारणले नहारेको भन्दै सभापति देउवाले पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारिएको भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी्भित्र पारदर्शी एकता आवश्यक रहेको भन्दै आफू बनेमात्र पार्टी सप्रिन्छ भन्ने भ्रम त्याग्नुपर्ने बताउनु भयो ।

उहाँले सांसद्लाई बजेट दिने कुरामा आफूहरु सहमत हुन नसक्ने र यसले संघीयतालाई ध्वस्त बनाउने दाबी पनि गर्नुभयो ।

यस्तै महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ अग्रसर देखिएको भन्दै आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो ।

अर्का महामन्त्री विमलेन्द्र निधिले सय दिनभित्र राज्यको साधनस्रोतको दोहन भए पनि जनताले केही नपाएको दाबी सरकारका सय दिन कम्युनिस्टहरुको एकता र भारतलाई रिझाउन मै खर्च भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ