कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नेपालगञ्ज, ११ जेठ

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताउनुभएको छ ।

यहाँ आज आयोजित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको प्रदेश ५ स्तरीय भेला र प्रशिक्षणको उद्घाटन गर्दै उहाँले जनताको ८० प्रतिशत काम प्रदेश र स्थानीय तहबाट हुने भएकाले कर्मचारी व्यवस्थित भएमा मात्र आधिकारिक ट्रेड युनियन बलियो हुन सक्छ भन्नुभयो ।

कार्यक्रममा आधिकारिक ट्र्ेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, निजामती कर्मचारी युनियन संघ केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेललगायत वक्ताले पनि बोल्नुभएको थियो ।

त्यस अवसरमा आधिकारिक ट्रेड युनियन बाँकेले प्रकाशन गरेको ‘निजामति चौतारी’ नामक स्मारिकाको विमोचन गरिएको थियो । भेला तथा प्रशिक्षण कार्यक्रममा संघीय र प्रदेशको निजामती सेवा ऐन, कर्मचारी समायोजन नियमावली र ट्रे्ड युनियनको प्रादेशिक स्वरुपका विषयमा छलफल गर्नाका साथै सहभागीलाई प्रशिक्षित गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ