“प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ,”

“प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ,”

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ११ जेठ । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए । 

काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन गरेर काँग्रेस अगाडि बढ्ने बेला आएको बताउँदै “प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ,” भन्नुभयो ।

सबै क्षेत्रको भरोसा गर्नलायक पार्टी काँग्रेस भएको बताउँदै उहाँले भन्नुभयो, “जनताले काँग्रेसबाट नयाँपन खोजेको छ ।”

सांसद भीमसेनदास प्रधानले कमजोर अवस्थामा रहेको काँग्रेसलाई बलियो अवस्थामा फर्काउनका लागि सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको काँग्रेस आज किन यस्तो अवस्थामा आयो, यसको बारेमा गम्भीर छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्र भट्टराईले काँग्रेस एकताबद्ध भएर संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको उल्लेख गर्दै “काँग्रेस हारेपनि प्रजातान्त्रिक विचारधाराको विजय भएको छ,” भन्नुभयो ।

नेपाल वार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले काँग्रेसको क्रियाकलापका कारण नेपालका वामपन्थी एक भएको बताउँदै काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।

डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले पार्टीले भ्रातृ तथा शुभेच्छुक संस्थालाई बेवास्था गर्नुका साथै निर्वाचनका बेला राम्रोसँग परिचालन गर्न नसक्नु काँग्रेस पराजयको मुख्य कारण भएको बताउनुभयो ।

इञ्जिनियर एशोसिएसन नेपालका पूर्वउपाध्यक्ष धुव्र थापा, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, नेपाल प्राध्यापक संघका उपाध्यक्ष विनोदकुमार श्रेष्ठलगायतले मुलुकको राजनीतिक अवस्था र काँग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ