९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अण्डरलार्इनका केन्द्रीय सदस्यहरुलाई बिहिबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त प्रशिक्षणा दिने भएका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा अण्डरलार्इनका ४४१ केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।
अपरान्ह ४ बजे बालुवाटारमा बाेलाइएकाे अनाैपचारीक बैठकमा सबैलाइ नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन सूचित गरिएको छ ।
केन्द्रीय कमिटीको अाैपचारीक बैठक भने पार्टी बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बोलाइने नेताहरुले बताएका छन् ।
केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलवार सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको हो । यद्यपी केन्द्रीय कमिटीको औपचारिक बैठक भने बोलाइएको छैन ।