काठमाडौँ, ७ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईनका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो वरियता खोसिएकोमा आपत्ति जनाउनु भएको छ ।
केन्द्रीय सचिवालयको आज बसेको पहिलो बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाउदै निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभयो ।
एमाले र माओवादी एकता घोषणा हुँदा चीनमा रहनुभएका खनालले पार्टी एकतामा खासै भूमिका नखेलेको भन्दै वरियताक्रममा घटुवा गरिएको थियो ।
उहाँ तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियतामा भएपछि एकतापछि एकस्थान तल झर्नुभएको हो ।
पुनर्गठित पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्डपछिको वरियतामा माधवकुमार नेपाल हुनुहन्छ भने त्यसपछि मात्रै खनाललाई राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline