स्पेनको म्याड्रिडमा नेपाली दुताबासले सेवा दिन शुरु गरेपछि पोर्चुगलका नेपालीबासीलाई सहज

स्पेनको म्याड्रिडमा नेपाली दुताबासले सेवा दिन शुरु गरेपछि पोर्चुगलका नेपालीबासीलाई सहज

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

कृष्ण पौडेल /पोर्चुगल । मड्रीड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ ।
पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ ।
पेरिसको नेपाली दुतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउन पर्ने छैन् ।
मड्रीड स्थित नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी गत बैशाख १९ गते बिहीवार देखि  पासपोर्ट बनाउने लगायत सबै सेवा दिन सुरु गरेको थियो ।
मड्रीडमा नेपाली दुतावासले आफ्ना कर्मचारी बाहेक कागज बिहीन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो पीडित महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको थियो ।
नेपाली दुतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ।
स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी