नेकपा अण्डरलाईनले आज केन्द्रिय सदस्यको नामवली आज निर्वाचन आयोगमा बुझाउने

नेकपा अण्डरलाईनले आज केन्द्रिय सदस्यको नामवली आज निर्वाचन आयोगमा बुझाउने

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, ७ जेठ ।
पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईनले आज केन्द्रिय सदस्यहरुको नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रले भागभण्डाका आधारमा आ आफ्नो भागमा परेको सदस्यको नामावली तयार गरी आज आयोगमा केन्द्रिय समिति सदस्यको नाम बुझाउने तयारी गरेको हो ।

आयोगले नवगठित पार्टीसँग केन्द्रिय समितिमा रहने नेताको नामवली पठाउन ताकेता गरेपछि नेकपाले केन्द्रिय कमिटीको नाम आज आयोगमा बुझाउन लागेको हो ।

पार्टी एकताका क्रममा भएको सहमति अनुसार एमालेको भागमा २ सय ४१ सदस्य संख्या परेको छ भने माओवादी केन्द्रको भागमा २ सय सदस्य परेको छ ।

एमालेले आफ्नो भागमा परेको केन्द्रिय सदस्यको नामवली टुङ्गो लगाइसकेको बताएपनि आकाक्षी धेरै भएका कारण माओवादी केन्द्रले सदस्यको नामवली टुङ्गो लगाउन सकेको छैन ।

माओवादी केन्द्रभित्र सदस्यको टुङ्गो लगाउने जिम अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । आज थप छलफल गरी सदस्यको नाम टुङ्गो लगाएर बुझाउने दाहालको तयारी रहेको नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ