६ जेठ,काठमाडौँ । माअाेवादीसँग पार्टी एकता गरेसँगै तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल घटुवामा परेसँगै एकता प्रक्रियाप्रति नै आपत्ति जनाएका छन् ।
उनले विशेषगरी आफ्नो अनुपस्थितिमा पार्टी एकता र बरियता तोकिएको विषयमा आपत्ति जनाएका हुन् । नेता खनाल चीन भ्रमणको बेला पार्टी एकता भएको थियो । उनले आफूमाथि ठूलो धोको भएको समेत बताएका छन् । आफ्नो अनउपस्थित भएको बेला आफ्नो मूल्यांकन कमिटीले पनि गर्न नसक्ने भन्दै नेता खनालले छलफल नै नगरी वरियता तलमाथि गर्ने कामप्रति गम्भीर आपत्ति रहेको बताए ।
आइतबार एक अनलाइन दिएको अन्तरवार्तामा खनालले भनेका छन्, “यसप्रति मेरो गम्भीर आपत्ति छ । र म यो दुःख व्यक्त गर्न चाहन्छु । मेरो अनुपस्थितिमा मेरो मुल्यांकन स्वयं कमिटीले पनि गर्न सक्दैन । तर, म अनुपस्थित भएको अवस्थामा कमिटीमा छलफल नगरी जुन ढंगले वरियतालाई तलमाथि गर्ने काम भएको छ, यसप्रति मेरो गम्भीर आपत्ति रहेको सबैमा जानकारी गराउछु ।” उनले आफूलाई उक्त कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने समेत बताएका छन् ।
त्यसैगरी खनालले पार्टीबाट नयाँ ४५ जना केन्द्रीय सदस्य मनोनयन झन आपत्ति रहेको बताए । आफूसँग कुनै छलफल नै नगरी भन्दै कसरी पार्टी अगाडि बढ्दो रहेछ भन्दै चेतावनी दिएका छन् ।
“मसँग कुनै सल्लाह भएको छैन । म हेर्दैछु, कसरी पार्टी अगाडि बढ्दैछ । कमिटी प्रणाली र सामूहिकता भन्ने कुुरा पनि हुन्छ कि हुँदैन, म गम्भीर रुपमा हेर्दैछु” झनालले भने ।
अन्तरवार्ताको क्रममा नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच विशेष मिलेमतो भएको आफूले देखेको बताए । आफूलाई नवौं महाधिवेशनले वरिष्ठ नेता बनाएको तर अहिले स्वघोषित रुपमा वरिष्ठ नेता भएको बताए ।
“अहिले स्वघोषित ढंगले वरिष्ठ नेता निर्माण गर्ने काम भयो । यो आफैंमा अनौठो छ । मेरो त नवौं महाधिवेशनको निर्णय हो । त्यो निर्णयलाई केन्द्रीय कमिटीको बैठमा बकाइदा प्रस्ताव राखेर मेरोसमेत उपस्थितिमा मात्र छलफल गरेर तलमाथि गर्नुपर्ने भए कमिटीले मात्र गर्न सक्छ” खनालले अन्तरवार्ताको क्रममा भनेका छन् । उनले उपाध्यक्ष भीम रावल र महासचिव इश्वर पोखरेललगायत देशभरका साथीहरुमाथि अन्यय भएको बताउँदै आफूले कुरा उठाउने बताए ।