विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय हट्ने: ओली

विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय हट्ने: ओली

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय हट्ने बताउनु भएको छ ।
पूनर्गठित नेकपा अण्डरलाईनको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै विराटनगर १३ स्थित मलाया रोडमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताउनु भयो ।

२०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउँने भन्दै विराटनगरमा स्थापना गरिएको भारतीय दुतावासको सम्पर्क कार्यालयले अहिलेसम्म हटेको छैन ।

बिगत लामो समयदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उक्त कार्यलयले जाशुसीको काम गरेर नेपालको राजनीतिक र आर्थिक मामिलामा हस्तक्षेप गरिरहेकाले तुरुन्त हटाउनु पर्ने माग गर्दै आएको छ ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उहाँले पनि फिल्ड अफिस बन्द गर्न पत्र काट्नुभएको थियो । तर, भारतले उक्त पत्रको जवाफ दिएको छैन भने कार्यलय पनि यथावत रहेको छ ।

यसअघि उक्त कार्यलयमा अज्ञात समुहले बम बिस्फोट पनि गराएको थियो ।
बैठकमा बोल्दै नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै ओलीले राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नभएको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ