काठमाडौ ५ जेठ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी पार्टी चलाउन नसकेर प्रचण्डले एमालेमा विलय गराएको आरोप लगाउनु भएको छ ।
सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै भट्टाराईले एकता धेरै समय टिक्न नसक्ने टिप्पणी गर्नुभयो ।
पोखरामा आज आयोजित भेटघाट कार्यक्रममा बोल्दै उहाँले एकीकृत पार्टी सधैंभरि यही साइजमा नरहने धारणा व्यक्त गर्नुभयो ।
डा. भट्टाराईले बैंक कमजोर भएपछि मर्ज भएजस्तै दुई पार्टीबीच आन्तरिक कमजोरीका कारण मर्ज भएको प्रतिक्रिया दिनुभयो ।
प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप लगाउदै उहाँले नवगठित नेकपाले देशको आवश्यकता पूर्ति गर्न नसक्ने दावी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline